Trend
शनिबार , भाद्र २७, २०८३

११-असोज/ विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार लुम्बिनीमा पर्यटकलाई स्वागत गरिएको छ। लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामाले पर्यटकलाई खादा र नेपाली ढाका टोपी लगाएर सम्मान गरे।

जापानी नागरिक यूकु शान र भारतीय विद्या बाग्दी तथा सुनिल बाग्दीलाई विशेष सम्मान गरिएको थियो। मन्त्री न्यौपानेले लुम्बिनीको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारको साथ रहने प्रतिवद्धता जनाउँदै लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन काम गरिरहेको बताए।

लुम्बिनी होटल संघका वरिष्ठ उपाध्यक्ष लिलामणि शर्माले लुम्बिनीको पर्यटनबाट देशलाई समृद्ध बनाउन सकिने धारणा राखे। यसै अवसरमा, पर्यटन दिवसको नाराका रूपमा ूयात्रा, अध्यात्म र चिन्तनमार्फत शान्तिको प्रवर्द्धन गरौूँ भन्ने सन्देश तय गरिएको थियो।

निरन्तर वर्षाका कारण शान्तिदीपस्थित थाई भिजिटर सेन्टरमा आयोजना गरिएको उक्त कार्यक्रममा लुम्बिनी विकास कोषका अन्य पदाधिकारीहरूको पनि उपस्थिति थियो।

लुम्बिनीमा स्वागत गरिएका पर्यटकहरूलाई होटल संघले तिलौराकोट र रामग्रामजस्ता ऐतिहासिक स्थलहरूको भ्रमणको व्यवस्था गरेको थियो।

सन् २०२४ को अगस्टसम्म लुम्बिनीमा ६ लाख १२ हजारभन्दा बढी पर्यटकले भ्रमण गरिसकेका छन्, र सिजनको सुरुवातसँगै यो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP