Trend
शनिबार , भाद्र २७, २०८३

 

‘आफ्नै पैसा १० लाखभन्दा धेरै लिनुहोला तर अहिले दशैं मनाउन पैसा छैन, किसानको मर्का कसले बुझिदिने ?,’ उनी गुनासो गर्छिन् ।

दुर्गाका अनुसार उनको गाउँभरिका दूध किसानले अहिले भुक्तानी पाएका छैनन् । ‘हाम्रो गाउँको मात्रै होइन, भकुण्डेबेँसीमा पनि त्यस्तै छ । माघदेखि वैशाखसम्मको पैसा चाहिँ अलि अगाडि यहाँको दुग्ध सहकारीले दियो, वैशाखदेखिका चाहिँ पैसा पाएको छैन,’ दुर्गा भन्छिन्, ‘आफूले बेचेको दूधको भुक्तानी नपाएर दशैं नै मनाउन नपाउने अवस्था धेरैको छ ।

उता, हेटौंडा उपमहानगरपालिका–१४ स्थित मुक्तिनाथ एकीकृत कृषि फर्म सञ्चालक गीता अधिकारीको पनि दूध बिक्रीको पैसा रोकिएको छ । स्थानीय कृषि सहकारीबाट ऋण लिएर दाना, ढुटो, चोकर खरिद गरेर आधा दर्जन गाईलाई खुवाउँदै आएको अधिकारी बताउँछिन् ।

उनलाई घर खर्चभन्दा पनि ऋणको सावाँ तिर्न नसकेकोमा बढी चिन्ता छ । ‘घर खर्च त जसरी पनि चलाउँथे । दाना, चोकर किनेकै ऋणको सावाँ तिर्न सकेको छैन । दशैं आएर मात्रै भएन खर्च पनि हुनपर्‍यो,’ उनले भनिन्, ‘नेपालमै केही गर्छु भन्नेलाई यस्ता कुराले धेरै फरक पार्छ । किसानका समस्यामा सरकार किन मौन छ बुझ्नै गाह्रो छ ।’

काभ्रेका अगुवा किसान नारायण नेपालले दूधको बक्यौता रकम भुक्तानी नहुँदा पूरै जिल्लाका किसान समस्यामा रहेको बताए । दूध उत्पादक सहकारी संघले केही निजी डेरी उद्योग र दुग्ध विकास संस्थान (डीडीसी) ले भुक्तानी नदिँदा किसान मारमा परेका छन् ।

घटस्थापनासम्म भुक्तानी दिन्छौं : डीडीसी

डीडीसी प्रवक्ता राजेन्द्र अधिकारीले घटस्थापनासम्म दूधको बक्यौता भुक्तानी गर्र्ने तयारी रहेको बताए ।

‘हामी घटस्थापनाको दिनसम्म दूधको भुक्तानी दिने तयारीमा छौं । अहिले सबै भुक्तानी दिन त सक्दैनौं तर बजेटले भ्याएसम्म सबैलाई भुक्तानी दिनेछौं,’ अधिकारीले अनलाइनखबरसँग भने ।

उनका अनुसार अर्थ मन्त्रालय मार्फत आउनुपर्ने ६० करोड रुपैयाँ अहिलेसम्म खातामा आएको छैन ।

‘खातामा आउने प्रक्रियामै छ, आउने बित्तिकै हामीले किसानको बक्यौता हेरेर पैसा दिन्छौं । यो बीचमा केही भुक्तानी पनि भएका छन,’ उनले भने, ‘अब दशैंका लागि किसानलाई कम्तीमा हात खाली नगर्ने भन्ने योजना डीडीसीको छ ।’

१७ भदौमा अर्थ मन्त्रालयले सर्तसहित डीडीसीलाई ६० करोड रुपैयाँ ऋण दिने निर्णय गरेको थियो । अर्थबाट उक्त रकम बराबर ऋण लिने गरी मन्त्रिपरिषद्‍मा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अर्थले सहमति दिएको छ ।

डीडीसीले यो रकम तत्कालका लागि किसानलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्नुपर्ने सर्त राखेको थियो । चालु आर्थिक वर्षका लागि डीडीसीका नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्ने निर्णय गरिएको थियो ।

निजी डेरी उद्योगले भने केही ठूला उद्योगको मात्रै बक्यौता भुक्तानी बाँकी रहेको भन्दै साना उद्योगको भुक्तानी बाँकी नरहेको जनाएको छ । डेरी उद्योग संघले दशैंमा किसानका लागि बाँकी भएका केही उद्योगले पनि भुक्तानी गर्ने जनाएको छ ।साभारअन्लाईनखबर

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP