Trend
शनिबार , भाद्र २७, २०८३

हेटौँडा । कुलेखानी जलाशयमा ४ घण्टाको अवधिमा २ मिटर पानी भरिएको छ । साँझ ५ः ३० बजे १ हजार ५२६ मिटर जल सतह मापन गरिएको कुलेखानीमा ४ घण्टामा २ मिटर पानी भरिएको हो ।

राती ९ः २० को समयमा कुलेखानीमा जल सतह १ हजार ५२७.९५ मिटर मापन गरिएको कुलेखानी जलविद्युत आयोजना (प्रथम) का प्रमुख तारादत्त भट्टले जानकारी दिए । उनका अनुसार कुलेखानीमा प्रतिघण्टा ३० सेन्टिमिटर पानी भरिदै आएको छ । कुलेखानी जलाशय भरिन अब २ मिटर मात्र बाँकी रहेको उनले बताए ।

कुलेखानीमा १ हजार ५३० मिटर पानी भण्डारण गने क्षमता रहेको छ । सो क्षमता बन्दा बढी पानी जम्मा भएपछी कुलेखानी स्वतस् ओभरफ्लो हुन्छ । आयोजना प्रमुख भट्टका अनुसार कुलेखानी जलाशयको अनि घटाउन विधुत उत्पादन निरन्तर गरिएको छ भने जलाधार क्षेत्रको एउटा खोला डाइभर्ट गरिएको छ । जलाशयमा पानी घटाउन ६० मेगावाट क्षमताको कुलेखानी विधुत आयोजना संचालन गरिएको छ भने जलाधार क्षेत्रको सिमखोलालाई डाइभर्ट गरिएको उनले बताए । सिमखोलाको ढोका बन्द गरेर जलाशयमा पानी आउन रोकिएको उनको भनाई छ । सो खोला बन्द गरिएसंगै जलाशयमा प्रतिघण्टा पानी संकलन दर २० सेन्टिमिटर रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP