Trend
बिहिबार , कार्तिक २८, २०८२

हेटौँडा । कुलेखानी जलाशयमा ४ घण्टाको अवधिमा २ मिटर पानी भरिएको छ । साँझ ५ः ३० बजे १ हजार ५२६ मिटर जल सतह मापन गरिएको कुलेखानीमा ४ घण्टामा २ मिटर पानी भरिएको हो ।

राती ९ः २० को समयमा कुलेखानीमा जल सतह १ हजार ५२७.९५ मिटर मापन गरिएको कुलेखानी जलविद्युत आयोजना (प्रथम) का प्रमुख तारादत्त भट्टले जानकारी दिए । उनका अनुसार कुलेखानीमा प्रतिघण्टा ३० सेन्टिमिटर पानी भरिदै आएको छ । कुलेखानी जलाशय भरिन अब २ मिटर मात्र बाँकी रहेको उनले बताए ।

कुलेखानीमा १ हजार ५३० मिटर पानी भण्डारण गने क्षमता रहेको छ । सो क्षमता बन्दा बढी पानी जम्मा भएपछी कुलेखानी स्वतस् ओभरफ्लो हुन्छ । आयोजना प्रमुख भट्टका अनुसार कुलेखानी जलाशयको अनि घटाउन विधुत उत्पादन निरन्तर गरिएको छ भने जलाधार क्षेत्रको एउटा खोला डाइभर्ट गरिएको छ । जलाशयमा पानी घटाउन ६० मेगावाट क्षमताको कुलेखानी विधुत आयोजना संचालन गरिएको छ भने जलाधार क्षेत्रको सिमखोलालाई डाइभर्ट गरिएको उनले बताए । सिमखोलाको ढोका बन्द गरेर जलाशयमा पानी आउन रोकिएको उनको भनाई छ । सो खोला बन्द गरिएसंगै जलाशयमा प्रतिघण्टा पानी संकलन दर २० सेन्टिमिटर रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

देउसी भैलोबाट उठेको रकम मन्दिर निर्माणमा खर्च गर्ने घोषणा

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP