Trend
बिहिबार , जेठ २८, २०८३

लगातारको वर्षाका कारण खतराको चिन्ह पार गरेको कुलेखानीको २ वटा ढोका खोलेपछि सरोवरको जलसतह घटन थालेको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

जलाशय भरिएर ओभरफ्लो हुँदा समेत १ हजार ५३१ मिटर पुगेको जलसतह हाल १ हजार ५३०.१० मिटर आइपुगेको उनले बताए ।

जलासयको दुवै ढोका आंशिक रूपमा खुला गरेपछि पानीको सतह घट्न थालेको हो । प्रमुख भट्टका अनुसार जलाशय भरिएपछि जल सतह घटाउन कुलेखानीको दुवै ढोका ४.५ मिटर खोलिएको थियो ।
उनका अनुसार समुन्द्री सतहदेखि १ हजार ५३० मिटर पानी सङ्कलनको क्षमता रहेको जलाशयमा आज बिहान ४:५० बजे १ हजार ५३१ मिटर पुगेको थियो । ड्यामको दुवै ढोका खोलेपछि अहिले बिहान ९:३० बजेसम्ममा जलसतह १ हजार ५३०.१० मिटरसम्म आइपुगेको छ ।

जलाधार क्षेत्रमा लगातार ठुलो पानी परिरहेकोले ड्यामको सुरक्षाको लागि २ वटै ढोका र विद्युत् उत्पादन केन्द्र पूर्ण क्षमतामा सञ्चालन गरिएको प्रमुख भट्टले बताए । सो कार्यबाट जलाशयको ३१ लाख क्युबिक मिटर पानी बाहिर पठाइएको उनको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP