बर्दिया,असोज १८
न्युनतम जनशक्तिको बाबजुद उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा बर्दिया अस्पताल लुम्बिनी प्रदेशमा लगातार उत्कृष्ट हुँदै आएको छ ।

लुम्बिनी प्रदेश सरकारको मातहतमा रहेका १४ वटा अस्पताल मध्ये उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा पछिल्लो पाँच वर्षदेखि बर्दिया अस्पताल उत्कृष्ट हुँदै आएको हो । लुम्बिनी प्रदेशमा बर्दिया अस्पताल स्वास्थ्य कार्यक्रमहरु सफलापुर्वक सम्पन्न गरेको आधारमा आर्थिक वर्ष २०८०/०८१ मा पनि प्रथम भएको छ ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय देउखुरी दाङको आयोजनामा प्रदेश स्तरीय वार्षिक समिक्षामा उत्कृष्ठ कार्य सम्पादन गरेको आधारमा बर्दिया अस्पताल प्रदेशमा प्रथम भएको छ । बर्दिया अस्पतालका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुभाष पाण्डेयको नेतृत्वमा पछिल्लो पाँच वर्ष देखि कार्य सम्पादनमा बर्दिया अस्पताल प्रदेशमा लगातार सफलता पाइरहेको छ । यो जिल्लावासीको लागि सुखद खबर हो ।

अस्पतालका मेसु डा.सुभाष पाण्डेको नेतृत्वमा अस्पतालको क्रमशः अनुहार फेरिदै र नयाँ सेवा सुविधा थपिदै गएको सर्वसाधारणले आभास गरेका छन् ।
आर्थिक वर्ष २०८०/८१ को कार्य सम्पादनको मुल्यांकनमा लुम्बिनी प्रदेशमा पुनः प्रथम भएको बर्दिया अस्पतालका वरिष्ठ मेसु डा. सुभाष पाण्डेयले बताए । ‘प्रदेश स्तरीय वार्षिक समिक्षामा ७२.४२ प्रतिशत अंक प्राप्त गरि बर्दिया अस्पताल प्रथम भएको छ,’मेसु डा.पाण्डेले भने,‘न्युनतम सेवा प्रर्वाह, रिपोटिङ समय, आर्थिक प्रोगे्रस, इमरजेन्सी, बहिरंग सेवालगायतको सुचाकको आधारमा मुल्यांकन गरिएको थियो ।’ त्यसैगरि वार्षिक समिक्षामा लुम्बिनी प्रादेशिक अस्पताल दोस्रो र अर्घाखाँची अस्पताल तेस्रो भएको वरिष्ठ मेसु डा.पाण्डेयले जनाए ।

आव २०७९/०८० मा प्रथम, आव २०७८/०७९ मा द्वितिय, आव २०७७/०७८ मा प्रथम र आव २०७६/०७७ मा लुम्बिनी प्रदेशमा बर्दिया अस्पताल प्रथम भएको रेकर्ड छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP