Trend
शनिबार , भाद्र २७, २०८३

बर्दिया, असोज १९ गते /

चाडपर्वलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल गण नं ३१ को टोली बर्दियाले ७ स्थानमा हेल्प डेक्सको स्थापना गरेको छ। दशैँ तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै भारतीय सिमाबाट बर्दिया प्रवेश गर्नेहरुलाई सहजताका लागि भनि सिमानाका मै ७ स्थानमा सहायता कक्ष (हेल्प डेक्स) निर्माण गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन।

चाडपर्वको यो समयमा सिमापारिबाट सुरक्षित बर्दिया प्रवेश सँगै आफ्नो ठेगानामा जान सहज होस भन्नका लागि बर्दिया जिल्लाका ७ वटा स्थान फुटाहा नाका, कण्ठपुर,गणेशपुर, रजनवा,सुरजपुर, धनौरा, पकडियामा सहायता कक्ष स्थापना गरिएको समेत प्रमुख जिल्ला अधिकारी शर्माले बताइन ।

साथै नेपाल प्रहरीको तर्फबाट सार्वजनिक यातायातलाई लक्षित गरि बर्दिया जिल्ला भित्र ५ स्थानमा यातायात सहायता कक्ष स्थापना गरिएको समेत प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए।

असोज १८ गते प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा सहित सहायक प्रमुख जिल्ला अधिकारी रोसन कठायत, बर्दिया प्रहरी प्रमुख प्रहरी उपरीक्षक केदार खनाल, सशस्त्र प्रहरी गण नं ३१ का प्रमुख प्रहरी उपरीक्षक चित्राङ्गत दाहाल, राष्ट्रिय अनुसन्धान बर्दिया प्रमुख साथ नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्य लगायतको टोलिले हेल्प डेक्सको अनुगमन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP