Trend
बिहिबार , माघ २, २०८२

काठमाडौं । भारतीय गायक जुबिन नौटियालले मंसिर २९ गते पहिलोपटक नेपालमा सांगीतिक प्रस्तुति दिने भएका छन् । बलिउडका चर्चित पार्श्व गायक समेत रहेका उनले सामाजिक सञ्जालबाट यसबारे जानकारी दिएका छन् ।

काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा उनको लाइभ प्रस्तुति रहने जनाइएको छ । यो च्यारिटी कन्सर्टबाट प्राप्त हुने रकम अटिजम भएका व्यक्तिका लागि खर्च गरिने भएको छ ।

एन-अटिजम केयर फाउण्डेसनले कन्सर्ट आयोजना गरेको हो । सन् २०१४ मा रिलिज भएको बलिउड फिल्म ‘सोनाली केबल’मा पार्श्व गायन गर्दै सांगीतिक करिअर थालेका नौटियालले नेपाली फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणमा समेत स्वर दिएका छन् ।

उनले गाएको फिल्म ‘शेरशाह’को गीत ‘रात लम्बियाँ’, अर्को फिल्म ‘बजरंगी भाइजान’को ‘जिन्दगी कुछ तो बता’, ‘तु सुरज में साँझ’ लागयत हिट छन् । यी गीतका लागि उनले आइफा, फिल्मफेयर र मिर्ची अवार्ड जितेका छन् ।साभारअन्लाईन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP