Trend
मंगलबार , भाद्र ३०, २०८३

काठमाडौं । भारतीय गायक जुबिन नौटियालले मंसिर २९ गते पहिलोपटक नेपालमा सांगीतिक प्रस्तुति दिने भएका छन् । बलिउडका चर्चित पार्श्व गायक समेत रहेका उनले सामाजिक सञ्जालबाट यसबारे जानकारी दिएका छन् ।

काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा उनको लाइभ प्रस्तुति रहने जनाइएको छ । यो च्यारिटी कन्सर्टबाट प्राप्त हुने रकम अटिजम भएका व्यक्तिका लागि खर्च गरिने भएको छ ।

एन-अटिजम केयर फाउण्डेसनले कन्सर्ट आयोजना गरेको हो । सन् २०१४ मा रिलिज भएको बलिउड फिल्म ‘सोनाली केबल’मा पार्श्व गायन गर्दै सांगीतिक करिअर थालेका नौटियालले नेपाली फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणमा समेत स्वर दिएका छन् ।

उनले गाएको फिल्म ‘शेरशाह’को गीत ‘रात लम्बियाँ’, अर्को फिल्म ‘बजरंगी भाइजान’को ‘जिन्दगी कुछ तो बता’, ‘तु सुरज में साँझ’ लागयत हिट छन् । यी गीतका लागि उनले आइफा, फिल्मफेयर र मिर्ची अवार्ड जितेका छन् ।साभारअन्लाईन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP