Trend
बिहिबार , माघ २, २०८२

ए.बि.पि न्युज संवादाता
बर्दिया,असोज २३
लागु औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–६ रानीपुर स्थितबाट लागु औषधसहित प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–२ पुष्पनगर बस्ने २१ वर्षिय प्रभाकर राना रहेका छन् । भारतबाट नेपालतर्फ पैदल शंकास्पद ?पमा आइरहेको अवस्थामा प्रहरीले रानालाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा चेकजाँच गर्दा चिनीमा प्लाष्टिकले बेरेर लुकाई राखेको अवस्थामा लागु औषध ब्राउन सुगर फेला परेको छ । रानाको साथबाट २ सय ३० मिली लागु औषध ब्राउन सगर बरामद भएको प्रहरीले जनाएको छ ।

रानालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक ऋषिराम घर्ति मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP