Trend
बुधबार , कार्तिक २०, २०८२

पोखरा: गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको डेंगु सङ्क्रमणबाट मृत्यु भएको छ । डेंगु सङ्क्रमणका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीय पुरुष, साउन ३१ मा कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । कास्कीमा भदौ २१, असोज २ र १४ गते गरी क्रमशः ८१, ७० र ७५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा डेंगु सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ ।

पोखरा महानगरपालिकामा मात्रै हालसम्म ६ हजार ४५२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयलका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माका अनुसार सन् २०२४ जनवरीयता गण्डकीमा १२ हजार सात सय २६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । तथ्याङ्क अनुसार सबैभन्दा बढी कास्कीमा ६ हजार ५४८ र सबैभन्दा कम मनाङमा जम्मा २ जनामा उक्त रोगको सङ्क्रमणको पुष्टि भएको हो ।

तनहुँमा २ हजार ८६१, पर्वतमा १ हजार १४६, गोरखामा ६६४, बागलुङमा ५३९, स्याङ्जामा ४४३, म्याग्दीमा २१३, नवलपुरमा १८१, लमजुङमा १२० र मुस्ताङमा ९ जनामाडेंगु सङ्क्रमण पुष्टि भएको छ ।

डेंगु ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेंगुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखापर्ने चिकित्सकहर बताउँछन् ।साभारस्वस्थपेज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP