Trend
बुधबार , कार्तिक २०, २०८२

बर्दिया,कार्तिक ०२
मोबाईल चोरी गरेको आरोपमा एक र विभिन्न मुद्दामा फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहीबार चार जनालाई पक्राउ गरेको हो । गत मंगलबार गुलरिया नगरपालिका–६ राधाकृष्ण चोक स्थित स्केट पार्कमा स्केट गर्न गएको बेला मोबाईल चोरी भएको गुलरिया नगरपालिका–२ का २१ वर्षिय प्रकाश सुनारले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले अनुसन्धानको क्रममा चोरी भएको मोबाईलसहित गुलरिया नगरपालिका–१ का २२ वर्षिय प्रदिप क्षेत्रीलाई पक्राउ गरेको छ ।
त्यसैगरि अंश मुद्दामा फरार रहेकी गुलरिया नगरपालिका–४ की कुमारी गोडिनलाई प्रहरीले पक्राउ गरेको छ । अदालतले गोडिनलाई २०७६ साल माघ १६ गते अंश मुद्दामा रु ३० हजार ८ सय १२ जरिवाना तोकेको थियो ।
अप्राकृतिक मैथुन मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बारबर्दिया नगरपालिका–६ का दुई जना बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अदालतले २०७९ साल जेठ ३ गते अप्राकृतिक मैथुन मुद्दामा दुवै जनालाई रु ३ लाख १२ हजार जरिवाना तोकेको थियो । अदालतले जरिवना तोकेदेखि दुवै जना फरार रहेका थिए । लुकिछिपी आफ्नै घरमा बसिरहेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP