Trend
मंगलबार , फागुण १९, २०८२

बर्दिया,कार्तिक ०२
मोबाईल चोरी गरेको आरोपमा एक र विभिन्न मुद्दामा फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहीबार चार जनालाई पक्राउ गरेको हो । गत मंगलबार गुलरिया नगरपालिका–६ राधाकृष्ण चोक स्थित स्केट पार्कमा स्केट गर्न गएको बेला मोबाईल चोरी भएको गुलरिया नगरपालिका–२ का २१ वर्षिय प्रकाश सुनारले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले अनुसन्धानको क्रममा चोरी भएको मोबाईलसहित गुलरिया नगरपालिका–१ का २२ वर्षिय प्रदिप क्षेत्रीलाई पक्राउ गरेको छ ।
त्यसैगरि अंश मुद्दामा फरार रहेकी गुलरिया नगरपालिका–४ की कुमारी गोडिनलाई प्रहरीले पक्राउ गरेको छ । अदालतले गोडिनलाई २०७६ साल माघ १६ गते अंश मुद्दामा रु ३० हजार ८ सय १२ जरिवाना तोकेको थियो ।
अप्राकृतिक मैथुन मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बारबर्दिया नगरपालिका–६ का दुई जना बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अदालतले २०७९ साल जेठ ३ गते अप्राकृतिक मैथुन मुद्दामा दुवै जनालाई रु ३ लाख १२ हजार जरिवाना तोकेको थियो । अदालतले जरिवना तोकेदेखि दुवै जना फरार रहेका थिए । लुकिछिपी आफ्नै घरमा बसिरहेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP