ए.बि.पि न्युज नेपाल संवादाता
बर्दिया,कार्तिक ८
डल्लपमा स्कुटर ठोकिदाँ एक जनाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–५ का ३५ वर्षिय रुपक विकको मंगलबार राति मृत्यु भएको हो ।

बारबर्दिया नगरपालिका–५ तर्कापुर स्थित सोही ठाउँका ५५ वर्षिय फुलराम थारुले जयनगरबाट जब्दिघाट तर्फ खाली डल्लप लैजाँदै थिए ।

सोही दिशातर्फ जाँदै गरेको विकले चलाएको भे ११ प ३९५५ नंम्बरको स्कुटर पछाडिबाट राति करिब १० बजे ठोकिएको थियो । डल्लपमा स्कुटर ठोकिदाँ स्कुटर चालक विक गम्भिर रुपमा घाईते भएका थिए ।

उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याउँदा घाईते विकलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

चालु आर्थिक वर्षको हालसम्म ११ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुलरियाका ट्राफिक प्रहरी हवल्दार कृष्ण डाँगीले बताए ।

‘हालसम्म दुर्घटनामा चार जनाको मृत्यु भएको छ,’हवल्दार डाँगीले भने,‘त्यसैगरि १० जना घाईते भएका छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP