Trend
शुक्रबार , भाद्र १२, २०८३

ए.बि.पि न्युज नेपाल संवादाता
बर्दिया,कार्तिक ८
डल्लपमा स्कुटर ठोकिदाँ एक जनाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–५ का ३५ वर्षिय रुपक विकको मंगलबार राति मृत्यु भएको हो ।

बारबर्दिया नगरपालिका–५ तर्कापुर स्थित सोही ठाउँका ५५ वर्षिय फुलराम थारुले जयनगरबाट जब्दिघाट तर्फ खाली डल्लप लैजाँदै थिए ।

सोही दिशातर्फ जाँदै गरेको विकले चलाएको भे ११ प ३९५५ नंम्बरको स्कुटर पछाडिबाट राति करिब १० बजे ठोकिएको थियो । डल्लपमा स्कुटर ठोकिदाँ स्कुटर चालक विक गम्भिर रुपमा घाईते भएका थिए ।

उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याउँदा घाईते विकलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

चालु आर्थिक वर्षको हालसम्म ११ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुलरियाका ट्राफिक प्रहरी हवल्दार कृष्ण डाँगीले बताए ।

‘हालसम्म दुर्घटनामा चार जनाको मृत्यु भएको छ,’हवल्दार डाँगीले भने,‘त्यसैगरि १० जना घाईते भएका छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम


TOP