Trend
बिहिबार , जेठ २८, २०८३

काठमाडौं: सुदूरपश्चिममा ड्रग्स सप्लाई गर्ने २ जना डिलर समातिएका छन्। आज (बिहीबार) लागूऔषध नियन्त्रण व्युरो, शाखा कार्यालय महेन्द्रनगरको टोलीले उनीहरूलाई समातेको हो।

समातिनेमा जिल्ला राजपुर ग्राम हाजिर नगर उत्तर प्रदेश भारत बस्ने २६ वर्षीय रेहान अहमत र २८ वर्षीय गुफरान अली रहेका छन्।

उनीहरूको साथबाट सिनियर सब-इन्सपेक्टर केशव जोशीको टोलीले २८.३५ ग्राम खैरो हेरोइन बरामद गरिएको छ। उनीहरूलाई टोलीले २ मोबाइल र एक मोटरसाइकलसहित भीमदत्त नगरपालिका १८ स्थित इलाकाबाट समातेको थियो।

प्रहरीले चेकजाँच गर्ने क्रममा युपी २२ एडी ७२६२ नम्बरको सेतो कलरको अपाची मोटरसाईकल चलाई आईरहेको अवस्थामा  गुफरान अलीले लगाएको निलो जिन्स पाईन्टको खल्तीमा ड्रग्स फेला परेको थियो।

खल्तीमा सेतो प्लास्टिकमा उनले बेरि लुकाएर ड्र्ग्स राखेका थिए। उनीहरू दुबैजना ड्रग्स सप्लायर हुन्।साभारमहेन्द्रनगरपोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP