Trend
बिहिबार , अषोज २२, २०८३

काठमाडौं: सुदूरपश्चिममा ड्रग्स सप्लाई गर्ने २ जना डिलर समातिएका छन्। आज (बिहीबार) लागूऔषध नियन्त्रण व्युरो, शाखा कार्यालय महेन्द्रनगरको टोलीले उनीहरूलाई समातेको हो।

समातिनेमा जिल्ला राजपुर ग्राम हाजिर नगर उत्तर प्रदेश भारत बस्ने २६ वर्षीय रेहान अहमत र २८ वर्षीय गुफरान अली रहेका छन्।

उनीहरूको साथबाट सिनियर सब-इन्सपेक्टर केशव जोशीको टोलीले २८.३५ ग्राम खैरो हेरोइन बरामद गरिएको छ। उनीहरूलाई टोलीले २ मोबाइल र एक मोटरसाइकलसहित भीमदत्त नगरपालिका १८ स्थित इलाकाबाट समातेको थियो।

प्रहरीले चेकजाँच गर्ने क्रममा युपी २२ एडी ७२६२ नम्बरको सेतो कलरको अपाची मोटरसाईकल चलाई आईरहेको अवस्थामा  गुफरान अलीले लगाएको निलो जिन्स पाईन्टको खल्तीमा ड्रग्स फेला परेको थियो।

खल्तीमा सेतो प्लास्टिकमा उनले बेरि लुकाएर ड्र्ग्स राखेका थिए। उनीहरू दुबैजना ड्रग्स सप्लायर हुन्।साभारमहेन्द्रनगरपोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

१

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

२

सुन्नी जामा मस्जिद र छोटी मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

३

प्रहरीको सक्रियता बढे संगै धमाधम समातिदै लागु औषध कारोवारी ।

४

जंगली हात्तीबाट बस्ती सुरक्षीत गर्दै, उज्यालो नेपाल

५

अपाङ्गता भएका ब्यक्तिहरुको लागी २१ दिने निःशुल्क सिप मुलक तालिम संचालन

६


TOP