Trend
बिहिबार , जेठ २८, २०८३

काठमाडौं । फिल्म ‘छक्कापञ्जा ५’मा समावेश ‘ब्रेकअप सङ्’ले युट्युवमा लोभलाग्दो भ्यूज प्राप्त गरेको छ । स्ट्रिमिङ सुरु भएको एक महिनामै गीतलाई २ करोडभन्दा धेरै पटक हेरिएको छ ।

गीतलाई २ करोड पटक हेरिएको अवसरमा दीपकराज गिरी, दीपाश्री निरौलासहित ‘छक्कापञ्जा’को समूहले शनिबार बनेपाको शुभकामना हलमा दर्शकसँगै केक काटेर खुसियाली मनाएको छ ।

बाबुल गिरीको शब्द, संगीत, गायन र एरेन्ज रहेको गीतले पछिल्लो समय निकै चर्चा बटुलेको छ । दीपक-दीपाले दर्शकसँगै गीत गाउँदै मनोरञ्जन समेत दिएका थिए । गायनमा उनीहरुलाई दर्शकले पनि साथ दिए ।

फिल्मको सफलतामा साथ दिने दर्शकप्रति दीपक-दीपाले उक्त अवसरमा आभार व्यक्त गरे । अभिनेत्री वर्षा सिवाकोटी काम विशेषले भारत गएको र केदार घिमिरे ‘माग्ने बुढा’ अर्को फिल्मको छायांकनमा ब्यस्त भएकाले हल भिजिटमा आउन नसकेको तर दर्शकलाई मायाको सन्देश पठाएको दीपकले बताए ।

दीपक-दीपासहित कार्यकारी निर्माता निर्मल शर्मा, सम्पादक विपिन मल्ल लगायत पनि उक्त अवसरमा थिए । ‘छक्कापञ्जा ५’को प्रवर्धनको सिलसिलामा दीपक-दीपा भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्स हलमा पनि पुगेर दर्शकसँग साक्षात्कार गरे । उनीहरुले दर्शकबाट प्रतिक्रिया पनि बुझे ।

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार फिल्मले १४ दिनसम्म देशब्यापी १७ करोड ६० लाख ग्रस कमाइ गरेको छ । फिल्मले तेस्रो सप्ताहन्त पनि उत्साहजनक कमाइ गरेको छ ।साभारअन्लाईनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP