Trend
शनिबार , भाद्र २७, २०८३

१० कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित खबरदारीसभामा सम्बोधन गर्दै उनले माओवादीले सरकार फेर्न हतार गर्‍यो भन्ने भ्रम छ भने फाल्न आग्रह गरे ।

‘माओवादीले सडकबाट सरकार फेर्न हतारो गरेको छ भन्ने बुझ्नुभएको छ भने तपाईंहरु भ्रममा हुनुहुन्छ, त्यो भ्रम फाल्नुस्’, उनले भने । अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँग विगतमा सत्ता सहकार्य गरेर गल्ती गरेको बताए ।

‘तपाईंहरुजस्ता पार्टीहरु यो देशका दलाल, पुँजीपति भ्रष्टहरुको प्रतिनिधि हुनुहुन्छ, केही समय तपाईहरुसँग सहकार्य गरेर गल्ती गर्‍यौं, तपाईहरुको रोग हामीलाई पनि सर्‍यो’, उनले भने ।

अब आफूहरु प्रधानमन्त्री र मन्त्री बनाइदिनुस् भन्दै नआउने अध्यक्ष प्रचण्डले बताए । ‘तपाईहरुले ढुक्कसँग चलाए हुन्छ सरकार, माओवादी आउँछ कि भन्ने टेन्सन नलिए हुन्छ’, उनले भने ।

प्रचण्डले अगाडि भने, ‘हामी अलिअलि बिग्रिन थालेका थियौं, जनताबाट कट्न थालेका थियौं, तपाईहरुले हामीलाई बेलैमा निकालिनिुभयो र जनतातिर फर्काइदिनुभयो ।’

माओवादीले फेरि कांग्रेस फकाउला वा एमाले फकाउला भन्ने चिन्ता नलिन पनि उनले आग्रह गरे । उनले अब कांग्रेस र एमालेसँग मिलेर चुनाव नलड्ने प्रचण्डले भने । जति सिट ल्याए पनि एक्लै लड्ने उनले बताए ।

आफू नेतृत्वको सरकारले भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक विकासका पक्षमा इमान्दारिताका साथ काम गरिरहेका बेला सरकार ढालेको प्रचण्डले बताए ।साभारअन्लाईनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP