Trend
मंगलबार , असार ३०, २०८३
शोभा कोइराला /राजापुर कार्तिक १३/ए.बि.पि न्युज नेपाल

बर्दियाको राजापुर नगरपालिका वडा नं ८ धोबिनिपुरमा शाखा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गणेश बाबा शाखाले श्रद्धान्जली सभा तथा सुबिधा वितरण कार्यक्रमको आयोजना गरेको छ ।

सेवा केन्द्रका केन्द्र न २९४० समूह नम्बर २ को सदस्य नम्बर ५ का लक्ष्मि थारुको मृत्यु भएकाले स्वर्गीय थारुको सम्झनामा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा मृतक थारुका श्रीमान बिरेन्द्र थारुलाइ २ लाख ७७ हजार ६ सय ९८ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । मृतक थारुले सेवाकेन्द्र मार्फत दुई शीर्षकमा १ लाख ८० हजार ऋण लिनुभएकोमा ऋण मिनाह सहित सुबिधामार्फत रकम हस्तान्तरण गरिएको हो ।

संस्थाको नियमानुसार उक्त रकम हस्तान्तरण गरिएको शाखा प्रबन्धक राम बहादुर बिकले बताउनु भयो । केन्द्रिय कार्यलय लम्की कैलालीका तालिम बिभाग प्रमुख नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि राजापुर नगरपालिका ८ नम्बर वडा अध्यक्ष राजेश थारु रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतीथि थारुले उहिले पहिले शाहु महाजन बाफत ऋणलिदा भोग्नु परेको सम्स्यालाइ स्मरण गराउदै सहकारी माफत ऋणलिदा सहुलियत पाइने भएकोले सहकारी प्रतिको गलत बुझाइ त्याग्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा मृतक थारु प्रती श्रद्धाञ्जली व्यक्त गर्दै सम्झना स्वरुप १ गोटा लिचिको बिरुवा रोपिएको छ । कार्यक्रममा सेवाकेन्द्र सदस्य,बरघर,संस्थाका कर्मचारी सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सिप सिकाउदै बढैयाताल गाऊपालिका

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

गुलरिया नगरपालिकाले गर्यो कारितास नेपालका तीन जनालाई सम्मानित

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

अपाङ्गता भएका ब्यक्तिहरुको लागी व्यवसायीक कृषि तालिम सम्पन्न:

पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रम सफल बनाउन बढैयातालमा समीक्षा


TOP