Trend
मंगलबार , फागुण १९, २०८२

बर्दिया, कार्तिक १५ गते / सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेड क्वाटर बर्दियाको प्राङ्गणमा निषेधित सामाग्री आतिवसवाजी पटाका नष्ट गरिएको छ । बर्दिया सशस्त्र प्रहरी नेपाल नं. ३१ गण तथा मातहतका युनिटहरुबाट सिमा ईलाकामा डिउटीमा खटिएको टोलिले भारतबाट लुकिछिपी नेपाल तर्फ ल्याउदै गरेका आतिसवाजी पटाका नियन्त्रणमा लिइएको थियो ।

नेपालमा विक्रि वितरणका लागि प्रतिबन्धित पटाकाहरु खाल्डो खनेर अन्दाजी मुल्य रु. १ लाख ३ हजार १ सय रुपैया बराबरको सामाग्री नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल ३१ नं. गणका गणपति चित्राङ्ग दाहालले जानकारी दिनु भएको छ ।

विहिवार नेपाल पत्रकार महासंघका अध्यक्ष यादव प्रसाद आचार्य तथा संचारकर्मीहरुको रोहवरमा सशस्त्र प्रहरी बल ३१ नं हेड क्वाटर बर्दियाले पटाकाहरु गणको परिसर भित्र खाल्डो खनेर पानी हाली डिस्पोज गरिएको हो ।

सरकारले पटाका विक्री वितरण र प्रयोगमा रोक लगाएपछि सशस्त्र प्रहरी बलले विभिन्न ५ ठाउमा चेकजाँच गरेर पटाका बरामद गरेको हो । बर्दियाबाट भित्रिने पटाकाहरु राजधानी लगाएत पहाडी बजारहरु सम्म पुग्ने गरेकाले यसपटक प्रहरीले राजमार्गहरुमा समेत चेकजाँच थालेको छ ।

  • दशैपछि र छठसम्म करिब २० दिन हुने पटाका ब्यापारबाट बर्दिया सिमावर्ती बजारहरुमा लाखौैको कारोबार हुने गरेको छ । सुरक्षाकर्मीहरुले तदरुकताका साथ काम गरिरहेका कारण गत बर्षहरुको तुलनामा यसपटक बर्दियामा पटाका जन्य बस्तुहरु कम पटिएको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP