बर्दिया,कार्तिक १५ गते / लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री जन्मजय तिमिल्सिना र बर्दियाका प्रहरी प्रमुख (एसपी) केदार खनालले कैदीबन्दीलाई फलफूल वितरण गरेका छन् ।

शुभदिपावली एवम् तिहार पर्वको अवसरमा गुलरिया कारागारमा कैद जिवन बिताईरहका कैदीबन्दीलाई मन्त्री तिमिल्सिना र एसपी खनालको संयुक्त रुपमा बिहीबार फलफूल वितरण गरेका हुन् ।

तिहार पर्वको शुभकामना सहित मन्त्रीले कैदीबन्दीलाई कार्तिक १५ गते फलफूल वितरण गरेका छन् । लागु औषधमा लागेर धेरै युवाहरु कैदी जिवन बिताईरहेको मन्त्री तिमिल्सिनाले बताए ।

‘तपाईहरुलाई भेट्न आउने आफन्तलाई लागु औषध सेवन गर्दा जेल परिन्छ भन्ने सन्देश दिनुपर्छ,’मन्त्री तिमिल्सिनाले भने,‘जिल्लामा लागु औषध न्युनिकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट सघाउँनुपर्छ ।

’ लागु औषध न्युनिकरण गरेर हाम्रो बालबालिको भविष्य राम्रो हुने सन्देश लिएर कारागारमा फलफूल वितरण गर्न आएको मन्त्री तिमिल्सिनाले धारणा व्यक्त गरे ।

कारागारमा महिला पुरुष गरि ४ सय ४४ कैदीबन्दीहरु रहेको कारागार कार्यालयका प्रमुख काशी प्रसाद पंगेनीले जनाए ।

फलफूल वितरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायत, एसपी केदार खनाल, कारागार कार्यालयका प्रमुख काशी प्रसाद पंगेनीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP