Trend
शनिबार , भाद्र २७, २०८३

 

बर्दिया,कार्तिक १५ गते / लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री जन्मजय तिमिल्सिना र बर्दियाका प्रहरी प्रमुख (एसपी) केदार खनालले कैदीबन्दीलाई फलफूल वितरण गरेका छन् ।

शुभदिपावली एवम् तिहार पर्वको अवसरमा गुलरिया कारागारमा कैद जिवन बिताईरहका कैदीबन्दीलाई मन्त्री तिमिल्सिना र एसपी खनालको संयुक्त रुपमा बिहीबार फलफूल वितरण गरेका हुन् ।

तिहार पर्वको शुभकामना सहित मन्त्रीले कैदीबन्दीलाई कार्तिक १५ गते फलफूल वितरण गरेका छन् । लागु औषधमा लागेर धेरै युवाहरु कैदी जिवन बिताईरहेको मन्त्री तिमिल्सिनाले बताए ।

‘तपाईहरुलाई भेट्न आउने आफन्तलाई लागु औषध सेवन गर्दा जेल परिन्छ भन्ने सन्देश दिनुपर्छ,’मन्त्री तिमिल्सिनाले भने,‘जिल्लामा लागु औषध न्युनिकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट सघाउँनुपर्छ ।

’ लागु औषध न्युनिकरण गरेर हाम्रो बालबालिको भविष्य राम्रो हुने सन्देश लिएर कारागारमा फलफूल वितरण गर्न आएको मन्त्री तिमिल्सिनाले धारणा व्यक्त गरे ।

कारागारमा महिला पुरुष गरि ४ सय ४४ कैदीबन्दीहरु रहेको कारागार कार्यालयका प्रमुख काशी प्रसाद पंगेनीले जनाए ।

फलफूल वितरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायत, एसपी केदार खनाल, कारागार कार्यालयका प्रमुख काशी प्रसाद पंगेनीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP