Trend
मंगलबार , फागुण १९, २०८२

स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशले क्यान्सर, मुटुको भल्भ फेर्न र मृगौला प्रत्यारोपण गर्नुपर्ने बिरामीलाई प्रदेश सरकारले दिने २ लाख सहयोग रकम सम्बन्धी जिल्लामै पाउने व्यवस्था गरेको छ । प्रदेश स्वास्थ्य मन्त्रालय धाउनु पर्ने बाध्यता हटाई स्वास्थ्य कार्यालयबाट जिल्लामै सेवा दिन थालिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारूले प्रदेशभरीका सरकारी अस्पताल र प्रयोगशालाहरूमा रक्त परीक्षण, एक्सरे र भिडियो एक्सरे लगायतमा सेवामा लाग्ने शुल्कमा दरमा एकरुपता गर्ने लागिएको जानकारी दिए । बिस्तारै निजी स्वास्थ्य संस्थाले लिने परिक्षण शुल्कहरूमा पनि एउटै दररेट लागु गर्ने तयारी सरकारको रहेको मन्त्री सारुले बताए ।

मन्त्री सारुले मन्त्री भएको १०० दिन पूरा भएको अवसरमा १९ बुँदे कार्यप्रगति सार्वजनिक गर्दै स्वास्थ्य बिमालाई प्रोत्साहित गर्न प्रदेशका १३ अस्पताल, १२ स्वास्थ्य कार्यालय र १३ आयुर्वेद स्वास्थ्य संस्थाहरूमा कार्यरत २ हजार ६४ जना कर्मचारी र परिवारका सदस्यहरूको स्वास्थ्य बिमा गरिएको बताए ।

यस अवधिमा कोभिड १९ बाट मृत्यु भएका दाङका ५१ र पाल्पाको १५ परिवारलाई प्रति परिवार एक लाख सहयोग उपलब्ध गराइएको छ । सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले नीजि क्लिनिक तथा अस्पतालमा सरकारी स्वास्थ्य संस्थाको नाम र पद राखेर विज्ञापन गरी र त्यहाँ बढी समय दिने कार्यलाई निरुसाहित गर्न सरकारी चिकित्सकको नाम राखेर विज्ञापन गर्न नपाउने व्यवस्थालाई कडाईका साथ लागु गरेको छ । बिरामीको अत्यधिक चाप हुने अस्पतालहरूमा डिजिटल प्रविधिबाट टिकट लिने, टोकन प्रणाली र बीमा काउन्टर सेवा सञ्चालन गरिएको छ । मातृ शिशु सम्बन्धी सुचकांक न्यून रहेका जिल्ला अर्घाखाँची, कपिलवस्तु र रूपन्देहीका अस्पतालहरूमा सेवा सुदृढिकरणको प्रयास गरिएको छ ।साभारबुटवल टुडे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP