Trend
मंगलबार , फागुण १९, २०८२

ए.बि.पि न्युज नेपाल

बर्दिया,कार्तिक २१
जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–५ बढैयाताल गाउँ स्थित टहरोमा जुवा खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले सोमबार बिहान ३ बजे पक्राउ गरेको हो ।

गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मैनापोखर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले आठ जनालाई नियन्त्रणमा लिएको जनाईएको छ । प्रहरीका अनुसार जुवाखालबाट रु ५७ हजार १ सय २४ र खेलिरहेको ताससमेत फेला परेको छ ।

पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–४का २५ वर्षिय राजन थापा, ३६ वर्षिय खड्क बुढा, ३६ वर्षिय मान बहादुर थापा, बाँसगढी नगरपालिका–५ का ४५ वर्षिय नारायण प्रसाद आचार्य, ४३ वर्षिय लोक प्रसाद अधिकारी,३३ वर्षिय राम प्रसाद अधिकारी, ३२ वर्षिय शेर बहादुुर बुढाक्षेत्री र ४५ वर्षिय एधु केसी रहेका छन् ।

आठै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP