ए.बि.पि न्युज नेपाल

बर्दिया,कार्तिक २१
जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–५ बढैयाताल गाउँ स्थित टहरोमा जुवा खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले सोमबार बिहान ३ बजे पक्राउ गरेको हो ।

गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मैनापोखर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले आठ जनालाई नियन्त्रणमा लिएको जनाईएको छ । प्रहरीका अनुसार जुवाखालबाट रु ५७ हजार १ सय २४ र खेलिरहेको ताससमेत फेला परेको छ ।

पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–४का २५ वर्षिय राजन थापा, ३६ वर्षिय खड्क बुढा, ३६ वर्षिय मान बहादुर थापा, बाँसगढी नगरपालिका–५ का ४५ वर्षिय नारायण प्रसाद आचार्य, ४३ वर्षिय लोक प्रसाद अधिकारी,३३ वर्षिय राम प्रसाद अधिकारी, ३२ वर्षिय शेर बहादुुर बुढाक्षेत्री र ४५ वर्षिय एधु केसी रहेका छन् ।

आठै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP