Trend
बिहिबार , जेठ २८, २०८३
ए.बि.पि न्युज नेपाल  संंवादाता

बर्दिया,मंसिर ७/ जिल्ला क्रिकेट संघ बर्दियाको आयोजनामा बर्दिया कप क्रिकेट प्रतियोगिता भोलि (शनिबार) देखि सुरु हुँदैछ । जिल्ला क्रिकेट संघ बर्दियाले बिहीबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
गुलरिया नगरपालिका, ब्ल्याक बक युथ क्लव र सहयोगी दाताको सहयोगमा प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाईएको छ । नगर, क्लव तथा कलेजलाई लक्षित गरि क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ । गुलरिया नगरपालिका–४ कबर्ड हल मैदानमा क्रिकेट प्रतियोगिता हुनेछ । प्रतियोगिता मंसिर ८ गते देखि मंसिर १४ गतेसम्म चल्नेछ । शनिबार दिउँसो १२ बजे प्रतियोगिताको समुद्घाटन गर्ने आयोजकको तयारी छ ।
क्रिकेट प्रतियोगितामा जिल्लाका पाँच वटा टिमले सहभागिता जनाएको जिल्ला क्रिकेट संघ बर्दियाका सदस्य सिद्धार्थ श्रेष्ठले बताए । ‘प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ५० हजार र द्वतिय हुने टिमलाई २५ हजार ५ सय पुरस्कार दिईनेछ,’सदस्य श्रेष्ठले भने,‘म्यान अफ दि म्याच हुनेलाई नगद रु १ हजार र टर्फी दिईनेछ ।’ त्यसैगरि बेस्ट ब्याट्स म्यान, बलर, इमरजिङ्गलाई रु २ हजार ५ सय र प्लेअर अफ दि सिरिजलाई नगद रु ५ हजार पुरस्कार दिने योजना रहेको श्रेष्ठले जनाए ।
खेल आइसिसि नियम अनुसार खेलाईने जिल्ला क्रिकेट संघ बर्दियाका सचिव संजिब सोमैले बताए । ‘खेल लेदर बलद्वारा टि–२० फर्मेटमा खेलाईनेछ,’सचिव सोमैले भने,‘खेलाडीहरुले अनिवार्य रुपमा कलर जर्सी लगाउनुपर्नेछ ।’ गुलरिया, मधुवन र राजापुर नगरपालिकाका खेलाडीले प्रतियोगितामा सहभागी हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP