Trend
बुधबार , कार्तिक २०, २०८२
ए.बि.पि न्युज नेपाल  संंवादाता

बर्दिया,मंसिर ७/ जिल्ला क्रिकेट संघ बर्दियाको आयोजनामा बर्दिया कप क्रिकेट प्रतियोगिता भोलि (शनिबार) देखि सुरु हुँदैछ । जिल्ला क्रिकेट संघ बर्दियाले बिहीबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
गुलरिया नगरपालिका, ब्ल्याक बक युथ क्लव र सहयोगी दाताको सहयोगमा प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाईएको छ । नगर, क्लव तथा कलेजलाई लक्षित गरि क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ । गुलरिया नगरपालिका–४ कबर्ड हल मैदानमा क्रिकेट प्रतियोगिता हुनेछ । प्रतियोगिता मंसिर ८ गते देखि मंसिर १४ गतेसम्म चल्नेछ । शनिबार दिउँसो १२ बजे प्रतियोगिताको समुद्घाटन गर्ने आयोजकको तयारी छ ।
क्रिकेट प्रतियोगितामा जिल्लाका पाँच वटा टिमले सहभागिता जनाएको जिल्ला क्रिकेट संघ बर्दियाका सदस्य सिद्धार्थ श्रेष्ठले बताए । ‘प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ५० हजार र द्वतिय हुने टिमलाई २५ हजार ५ सय पुरस्कार दिईनेछ,’सदस्य श्रेष्ठले भने,‘म्यान अफ दि म्याच हुनेलाई नगद रु १ हजार र टर्फी दिईनेछ ।’ त्यसैगरि बेस्ट ब्याट्स म्यान, बलर, इमरजिङ्गलाई रु २ हजार ५ सय र प्लेअर अफ दि सिरिजलाई नगद रु ५ हजार पुरस्कार दिने योजना रहेको श्रेष्ठले जनाए ।
खेल आइसिसि नियम अनुसार खेलाईने जिल्ला क्रिकेट संघ बर्दियाका सचिव संजिब सोमैले बताए । ‘खेल लेदर बलद्वारा टि–२० फर्मेटमा खेलाईनेछ,’सचिव सोमैले भने,‘खेलाडीहरुले अनिवार्य रुपमा कलर जर्सी लगाउनुपर्नेछ ।’ गुलरिया, मधुवन र राजापुर नगरपालिकाका खेलाडीले प्रतियोगितामा सहभागी हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP