Trend
बिहिबार , कार्तिक २८, २०८२

ए.बि.पि न्युज नेपाल संवादाता

बर्दिया,मंसिर १०
यात्रुवाहक फोर्स गाडीले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । राजापुर नगरपालिका–८ भोगपुरका ५४ वर्षिय चेतुवा थारुको आइतबार साँझ पौने ६ बजे मृत्यु भएको हो ।
राजापुर देखि गुलरिया तर्फ आउँदै गरेको लु २ ख ५९१९ नंम्बरको फोर्स गाडीले सोही दिसातर्फ आउँदै गरेको भे ४ प ७८३ नंम्बरको मोटरसाइकललाई धोबिनपुर स्थित ठक्कर दिदाँ मोटरसाइकल चालक थारु गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।

उपचारको लागि घाईते थारुलाई नेपालगंज नसिङ्ग होममा पु¥याउँदा उपचारको क्रममा पौने ६ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए । ‘सोही विषयलाई लिएर मृतकका आफन्त र स्थानीयले हुलाकी सडक भोगपुर स्थित जम्मा भएका छन्,’प्रहरी निरीक्षक शाहीले भने,‘भोगपुर स्थित स्थानीयले बाटो अबरुद्ध गर्दा गाडी डाईभर्ट भएर गाउँको बाटो हुदै चलिरहेको छ ।

’ ठक्कर दिने फोर्स गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

देउसी भैलोबाट उठेको रकम मन्दिर निर्माणमा खर्च गर्ने घोषणा

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP