Trend
बिहिबार , जेठ २८, २०८३

ए.बि.पि न्युज नेपाल संवादाता

बर्दिया,मंसिर १०
यात्रुवाहक फोर्स गाडीले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । राजापुर नगरपालिका–८ भोगपुरका ५४ वर्षिय चेतुवा थारुको आइतबार साँझ पौने ६ बजे मृत्यु भएको हो ।
राजापुर देखि गुलरिया तर्फ आउँदै गरेको लु २ ख ५९१९ नंम्बरको फोर्स गाडीले सोही दिसातर्फ आउँदै गरेको भे ४ प ७८३ नंम्बरको मोटरसाइकललाई धोबिनपुर स्थित ठक्कर दिदाँ मोटरसाइकल चालक थारु गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।

उपचारको लागि घाईते थारुलाई नेपालगंज नसिङ्ग होममा पु¥याउँदा उपचारको क्रममा पौने ६ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए । ‘सोही विषयलाई लिएर मृतकका आफन्त र स्थानीयले हुलाकी सडक भोगपुर स्थित जम्मा भएका छन्,’प्रहरी निरीक्षक शाहीले भने,‘भोगपुर स्थित स्थानीयले बाटो अबरुद्ध गर्दा गाडी डाईभर्ट भएर गाउँको बाटो हुदै चलिरहेको छ ।

’ ठक्कर दिने फोर्स गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP