Trend
बिहिबार , माघ २, २०८२

बर्दिया, मंसिर १३ गते / चितुवाको आक्रमणबाट मधुबन नगरपालिकाको वार्ड नं ८ स्थित कुसुम्बा घाट नजिक दुई स्थानिय घाइते भएका छन्। मधुबन नगरपालिका वडा नम्बर ८ स्थित रहेको शिव दुर्गा गणेश सामुदायिक वनमा आज मात्र खुलेको घाँस काट्ने गएका मधुबन नगरपालिका वार्ड नम्बर ८ मोहम्मद हैदर अली र ममता तिरुवा घाइते भएको मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले जानकारी दिए।

घाइतेहरूको बर्दिया जिल्ला अस्पतालमा उपचार भइरहेको छ। सामुदायिक वनमा आजबाट घाँस काट्ने समय खुलेपछि काँस काट्न गएका स्थानीय र चितुवाबीच भएको हुन सक्ने डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले जानकारी दिए । घाइतेको उपचार जिल्ला अस्पताल बर्दियामा भइरहेको र यहाँ उपचार सम्भव नै नेपाल रिफर गरिने समेत सुवेदीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP