Trend
शनिबार , भाद्र २७, २०८३

गुलरिया, मंसिर १३ गते / बर्दियाको गुलरियामा घरमै पुगेरहरूको स्वास्थ्य जाँचको सुरुवात गरिएको छ।

गुलरिया नगरपालिका वडा नम्बर ६ ले आफ्नो बडामा बसोवास गर्ने जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य जाँचको शुरुवात गरेको छ । वडाको पहलमा वडाका जेष्ठ नागरिकहरुको मासिक स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत घरमै पुगेर जेष्ठ नागरिकहरूको स्वास्थ्य जाँच सुरुवात गरिएको गुलरिया नगरपालिका वार्ड नम्बर ६ का वडाध्यक्ष शुधान्सु प्रकाश शर्माले बताए ।

वडा नम्बर ६ कार्यालयका स्वास्थ्यकर्मीहरु जेष्ठ नागरिकको घरमै पुगेर प्रेसर, सुगर, तथा सामान्य स्वास्थ्य परिक्षण निःशुल्क रुपमा उपलब्ध गराईएको समेत शर्माले जानकारी दिए । स्वास्थ्य परीक्षणकै क्रममा स्वास्थ्य शाखामा उपलब्ध भएका विरामीलाई औषधीहरु पनि उपलब्ध गराउँदै आएको शर्माले भने ।

वडाले यस पटक कार्यक्रमलाई परिक्षणका रुपमा अघि बढाएकोले आउँने बर्षहरुमा थप सुधारगर्दै लैजाने र कसैको घर आँगनमा वडाका स्वास्थ्य कर्मचारी नपुगेको भए वडा गुलरिया नगरपालिका नम्बर ६ का स्वास्थ्य शाखामा सम्पर्क गर्न या वडाका कुनै पनि जनप्रतिनिधिलाई सम्पर्क गर्न वडा अध्यक्षले अनुरोध गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP