Trend
मंगलबार , भाद्र ३०, २०८३

ए.बि.पि न्युज नेपाल संवादाता

राम प्रसाद चौहान
बर्दिया,मंसिर १४
गुलरिया टि–२० क्रिकेट प्रतियोगिता (बर्दिया कप २०८१)को फाइनल खेलमा आज बर्दिया क्रिकेट एकेडेमी ए र राजापुर नगरपालिका भिड्दै छन् । फाइनल खेल आज शुक्रबार बिहान ११ बजेदेखि सुरु हुने आयोजक जिल्ला क्रिकेट संघ बर्दियाले जनाएको छ ।

बिहीबार भएको लिग चरणको अन्तिम खेल जितेर राजापुर नगरपालिका फाइनल खेलमा प्रवेश गरेको हो । त्यसैगरि चार खेल जितेर बर्दिया क्रिकेट एकेडेमी (ए) फाइनलमा प्रवेश भएको थियो ।

यी दुई टिम बिच कसले बाजी मार्ने आजको फाइनल म्याचले देखाउनेछ । प्रथम हुने टिमलाई नगद रु ५० हजार र द्वतिय हुने टिमलाई २५ हजार ५ सय पुरस्कारको व्यवस्था रहेको जिल्ला क्रिकेट संघ बर्दियाका सदस्य सिद्धार्थ श्रेष्ठले जानकारी दिए ।
बिहीबार भएको लिग चरणको अन्तिम खेल राजापुर नगरपालिका र जनजागृति युवा क्लव मधुवन बिच भएको थियो । जनजागृतिलाई राजापुरले २८ रनले पराजित गरेको जनाईएको छ । यो जितसंग राजापुर फाइनलमा प्रवेश गरेको हो ।
टस जितेर पहिला ब्याटिङ्ग गरेको राजापुरले निर्धारित २० ओभरमा १ सय ३९ रन जोड्न सफल भएको थियो । राजापुरका लागि सर्वाधिक स्कोर सिदान्तराज शाहीले २८ बनाएका थिए भने संन्दिप नेपालीले १७ रनको योगदान गरेका थिए ।
जनजागृतितर्फ बिशाल खड्काले ३ बिकेट र ३० रन बनाउन सफल भएका थिए भने निखिल खत्री १७ रन बनाएका थिए । त्यसैगरि दिपक खड्काले २ बिकेट लिएका थिए । लिग चरणको अन्तिम खेलका म्यान अफ दि म्याच सिदान्तराज शाही घोषित भएका थिए ।
जिल्ला क्रिकेट संघ बर्दियाको आयोजनामा बर्दिया कप क्रिकेट प्रतियोगिता गत शनिबार देखि गुलरिया नगरपालिका–४ कवर्ड हल मैदानमा सुरु भएको थियो । प्रतियोगितामा पाँच टिमले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP