Trend
शनिबार , फागुण २, २०८२
 ए.बि.पि न्युज नेपाल


बर्दिया,मंसिर १९
जुवातास खेलिरहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
बाँसगढी नगरपालिका–४ मगरपुर स्थित कृष्ण अधिकारीको कुखुरा फर्म रहेको 
घरकोठामा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले सोमबार बिहान ३ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–४ का ३५ वर्षिय कृष्ण अधिकारी, ३७ वर्षिय महेश अधिकारी, ३५ वर्षिय टेक बहादुर राना, ३३ वर्षिय प्रकाश चौधरी, ३४ वर्षिय चेत बहादुर थारु, ३७ वर्षिय होम सिंह ठकुरी रहेका छन् ।

जुवा खालबाट लु ९७ प ३०९ नंम्बरको मोटरसाइकल, खेल्न प्रयोग गरिएको १ सय १० तासका पत्ता, नखोलेको तासका ३ गड्डी, ७ वटा मोबाइल फोन र नगद रु ४४ हजार २ सय ९० फेला परेको प्रहरीले जनाएको छ ।

६ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ति मगरले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी

बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु


TOP