Trend
शनिबार , भाद्र २७, २०८३
ए.बि.पि न्युज नेपाल

बर्दिया,मंसिर ३०

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल घिमिरे विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा साझा गठबन्धनका उम्मेदवार सन्तोष पौडेललाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार घिमिरे विजयी भएका हुन् ।

जिल्ला शाखा बर्दियाको अध्यक्ष, सचिव र कोषाध्यक्ष पदको लागि शुक्रबार निर्वाचन भएको थियो भने बाँकी पदका पदाधिकारीहरु निर्विरोध चयन भएका थिए ।

प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टर गरि त्रिपक्षीय सहमतिबाट अध्यक्ष पदमा प्रेस युनियनका तर्फबाट पौडेल उम्मेदवार थिए । त्यसैगरि त्रिपक्षीय सहमतिलाई चुनौती दिदै घिमिरे स्वतन्त्र उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रिएका थिए । त्रिपक्षीय सहमतिका साझा उम्मेदवारलाई धुलो चटाएर स्वतन्त्र उम्मेवार घिमिरेले रेकर्ड दर्ज गराएका छन् ।

त्रिपक्षीय सहमतिका साझा उम्मेदवार पौडेल १७ मतले पराजित भएका छन् । जम्मा ६२ मतदाता मध्ये ५५ मत खसेको थियो । जसमा स्वतन्त्र उम्मेदवार घिमिरेले ३६ मत प्राप्त गरि विजयी भएका छन् भने उनको प्रतिद्वन्दी पौडेलले १९ मत पाएर पराजित भएका हुन् ।

 

त्यसैगरि सचिव पदमा यज्ञ सापकोटाले ४७ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी केशव कोइरालाले ५ मत पाएर पराजित भएका छन् । कोषाध्यक्षमा हरि गुरुङले ३५ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिद्वन्दी मिन प्रसाद अधिकारीले १७ मत ल्याई पराजित भएका छन् ।

उपाध्यक्ष महिलामा पुष्पा चौधरी र उपाध्यक्ष खुल्लामा डिल प्रकाश गौतम निर्विरोध चयन भएका छन् । त्यसैगरि सहसचिव खुल्लामा भिम बहादुर उचै ठकुरी, सहसचिव समावेशीमा सञ्जु (शरम)चौधरी निर्विरोध चयन भएका छन् । केन्द्रिय परिषद सदस्यमा मेघराज सिग्देल र चिरञ्जीवी भावुक योगी निर्विरोध चयन भएका छन् । प्रदेश परिषद सदस्यमा टीकाराम चौधरी, ज्ञानेन्द्रराज पोखरेल र दीपक शर्मा निर्विरोध भएका हुन् ।

त्यसैगरि महिला सदस्यमा भिमा कडेल, दलित सदस्यमा चन्द्र बहादुर विक, जनजाति सदस्यमा विशाल थारु र होमेन्द्र थापा, मधेसीमा मुरली गोडिया, समावेशी सदस्यमा अफजल खान, खुल्ला सदस्यमा सरोज कामत, ऋषिराम वाग्ले, प्रकाश पौडेल, संजय कुमार आचार्य निर्विरोध चयन भएको मुख्य निर्वाचन अधिकृत कमल कुमार पन्थीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP