Trend
मंगलबार , असार ३०, २०८३

 ए.बि.पि न्युज नेपाल
बर्दिया,पौष २

लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–६ रानीपुर स्थितबाट शनिबार दुई जनालाई लागु औषधसहित पक्राउ गरेको प्रहरीले मंगलबार मात्र सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–७ का १९ वर्षिय बसन्त परियार र बाँके डुडुवा गाउँपालिका–५ डलैपुरका १९ वर्षिय शिशिर सुनार रहेका छन् । दुवै जना शंकास्पद रुपमा भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँज गर्दा लागु औषध ब्राउन सुगरको धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

परियारको साथबाट प्लाष्टिक पुरियामा राखेको अवस्थामा १ ग्राम ८ सय २० मिलीग्राम लागु औषधको धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

दुवै जनालाई नियन्त्रणमा लिई अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सिप सिकाउदै बढैयाताल गाऊपालिका

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

गुलरिया नगरपालिकाले गर्यो कारितास नेपालका तीन जनालाई सम्मानित

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

अपाङ्गता भएका ब्यक्तिहरुको लागी व्यवसायीक कृषि तालिम सम्पन्न:

पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रम सफल बनाउन बढैयातालमा समीक्षा


TOP