Trend
बिहिबार , कार्तिक २१, २०८२

 ए.बि.पि न्युज नेपाल
बर्दिया,पौष २

लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–६ रानीपुर स्थितबाट शनिबार दुई जनालाई लागु औषधसहित पक्राउ गरेको प्रहरीले मंगलबार मात्र सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–७ का १९ वर्षिय बसन्त परियार र बाँके डुडुवा गाउँपालिका–५ डलैपुरका १९ वर्षिय शिशिर सुनार रहेका छन् । दुवै जना शंकास्पद रुपमा भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँज गर्दा लागु औषध ब्राउन सुगरको धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

परियारको साथबाट प्लाष्टिक पुरियामा राखेको अवस्थामा १ ग्राम ८ सय २० मिलीग्राम लागु औषधको धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

दुवै जनालाई नियन्त्रणमा लिई अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP