Trend
बिहिबार , माघ २, २०८२

ए.बि.पि न्युज नेपाल 
बर्दिया,पौष ४

मिसेस नेपाल वल्र्ड २०२४ की बिजेता बर्दियाकी चेली(बुहारी) डा.डेनिला कार्कीले विद्यार्थी तथा सर्वसाधारणको स्वास्थ्य जाँच गरेकी छन् ।

गुलरिया नगरपालिका–७ श्री हिमाली आधारभूत विद्यालय चौगुर्जीमा अध्ययनरत विद्यार्थी तथा स्थानीय सर्वसाधारणको बुधबार डा. कार्कीले निःशुल्क दाँत चेकजाँच गरेकी हुन् । गुलरिया नगरपालिका–७ हुलाक चोक स्थित घर भई हाल काठमाडौंमा कार्यरत डा.कार्की स्वास्थ्य सचेतना अभियानमा अग्रसर देखिएकी छन् ।

स्वास्थ्य सचेतना अभियानका क्रममा काठमाडौंका अधिकांश विद्यालयमा पुगेको डा.कार्कीले बताउँछिन् । ‘सोही क्रममा आफ्नै गाउँ ठाउँमा पनि पुगेको छु,’डा.कार्कीले भनिन्,’सामाजिक सेवाको कार्य गरेर आत्मसन्तुष्टि मिल्छ ।’ गुलरिया नगरपालिका–७ हुलाक चोक स्थित घर भई हाल काडमाडौंमा कार्यरत डा.रोजनराज भण्डारीकी श्रीमति डा.डेनिला कार्की विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिताकी बिजेता हुन् ।

मिसेस नेपालकी बिजेता डा.कार्कीले विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य जाँच गरेर सह्रानिय काम गरेको गुलरिया नगरपालिका–७ का वडा अध्यक्ष मनोज कुमार यादवले बताए ।
गुलरिया नगरपालिका–७ नं. वडा कार्यालयको समन्वय तथा आरबि अर्थोडोन्टिक्स् एण्ड डेन्टर किल्निकको सहयोगमा डा. कार्कीले निःशुल्क शिविर आयोजना गरेकी थिईन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको दाँत चेकजाँच गर्नुका साथै दैनिक दाँत माझ्नेलगायत सरसफाई सम्बन्धि बिद्यार्थीलाई सचेत गराएकी छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कापी, कलम, ब्रस र मन्जनसमेत डा.कार्कीले वितरण गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP