Trend
बिहिबार , कार्तिक २८, २०८२

 

ए.बि.पि न्युज नेपाल
बर्दिया,पौष ७

लागु औषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–६ रानीपुर स्थितबाट गत बुधबार राती १० बजे लागु औषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–१ देउर गाउँका २७ वर्षिय दिपेन्द्र शाही र कालिकोट पलाँता गाउँपालिका एक जना नाबालक रहेको प्रहरीले सार्वजनिक गरेको छ ।

दुवै जना शंकास्पद रुपमा नेपालबाट भारततर्फ पैदल गईरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले खुलाएको छ । दुवै जनाले बोकेको झोलामा लुकाई राखेको रातो रंगको प्लाष्टिकमा सेतो टेपले बेरिएको अवस्थामा १६ किलोग्राम ६ सय ५४ ग्राम लागु औषध गाँजा फेला परेको प्रहरी जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

देउसी भैलोबाट उठेको रकम मन्दिर निर्माणमा खर्च गर्ने घोषणा

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP