Trend
मंगलबार , फागुण १९, २०८२

 

ए.बि.पि न्युज नेपाल
बर्दिया,पौष ७

लागु औषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–६ रानीपुर स्थितबाट गत बुधबार राती १० बजे लागु औषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–१ देउर गाउँका २७ वर्षिय दिपेन्द्र शाही र कालिकोट पलाँता गाउँपालिका एक जना नाबालक रहेको प्रहरीले सार्वजनिक गरेको छ ।

दुवै जना शंकास्पद रुपमा नेपालबाट भारततर्फ पैदल गईरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले खुलाएको छ । दुवै जनाले बोकेको झोलामा लुकाई राखेको रातो रंगको प्लाष्टिकमा सेतो टेपले बेरिएको अवस्थामा १६ किलोग्राम ६ सय ५४ ग्राम लागु औषध गाँजा फेला परेको प्रहरी जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP