Trend
मंगलबार , भाद्र ३०, २०८३

बर्दिया,पौष ७
पत्रकारले गलत हर्कत गरे नेपाल पत्रकार महासंघको साथ नरहने नवनिर्वाचित अध्यक्ष निर्मल घिमिरेले बताएका छन् । स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएका अध्यक्ष घिमिरेले शनिबार पदभार सम्हाल्दै यस्तो बताएका हुन् ।

पत्रकारले विश्वसनिय पुष्टि हुने समाचार लेख्दा कसैले धम्की दिने, प्रभावमा पार्न खोज्छ भने नेपाल पत्रकार महासंघ पत्रकारको पक्षमा सधैं लड्न तयार रहेको अध्यक्ष घिमिरेले प्रतिबद्धता जनाएका छन् । तर व्यक्तिगत लाभ र प्रतिशोधको भावनाले पत्रकारले गलत हर्कत गरे महासंघले साथ नदिने अध्यक्ष घिमिरेले स्पष्ट पारेका छन् ।
आजभोलि सामाजिक संजालले प्रेस स्वतन्त्रता खतरामा परेको अध्यक्ष घिमिरेले बताए । ‘पहिला पत्रकारले लेखेको समाचार पुष्टि गर्नुपथ्र्याे,’अध्यक्ष घिमिरेले भने,‘तर आजभोलि हात हातमा मोबाईल छ, जे मनमा लाग्यो लेख्छन् ।’ पत्रकारले त्यस्तो हर्कत नगर्न अध्यक्ष घिमिरेले आग्रहसमेत गरेका छन् । व्यवसायीक पत्रकारको हकहितको लागि महासंघ सधैं प्रतिबद्ध रहने नवनिर्वाचित कार्यसमितिले जनाएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका नवनिर्वाचित कार्य समितिले शनिबार सपथ ग्रहण तथा पदभार सम्हालेका छन् । निवर्तमान अध्यक्ष यादव आचार्यले नवनिर्वाचित अध्यक्ष निर्मल घिमिरेलाई शनिबार पदभार हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP