Trend
बिहिबार , कार्तिक २८, २०८२

बर्दिया,पौष ७
पत्रकारले गलत हर्कत गरे नेपाल पत्रकार महासंघको साथ नरहने नवनिर्वाचित अध्यक्ष निर्मल घिमिरेले बताएका छन् । स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएका अध्यक्ष घिमिरेले शनिबार पदभार सम्हाल्दै यस्तो बताएका हुन् ।

पत्रकारले विश्वसनिय पुष्टि हुने समाचार लेख्दा कसैले धम्की दिने, प्रभावमा पार्न खोज्छ भने नेपाल पत्रकार महासंघ पत्रकारको पक्षमा सधैं लड्न तयार रहेको अध्यक्ष घिमिरेले प्रतिबद्धता जनाएका छन् । तर व्यक्तिगत लाभ र प्रतिशोधको भावनाले पत्रकारले गलत हर्कत गरे महासंघले साथ नदिने अध्यक्ष घिमिरेले स्पष्ट पारेका छन् ।
आजभोलि सामाजिक संजालले प्रेस स्वतन्त्रता खतरामा परेको अध्यक्ष घिमिरेले बताए । ‘पहिला पत्रकारले लेखेको समाचार पुष्टि गर्नुपथ्र्याे,’अध्यक्ष घिमिरेले भने,‘तर आजभोलि हात हातमा मोबाईल छ, जे मनमा लाग्यो लेख्छन् ।’ पत्रकारले त्यस्तो हर्कत नगर्न अध्यक्ष घिमिरेले आग्रहसमेत गरेका छन् । व्यवसायीक पत्रकारको हकहितको लागि महासंघ सधैं प्रतिबद्ध रहने नवनिर्वाचित कार्यसमितिले जनाएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका नवनिर्वाचित कार्य समितिले शनिबार सपथ ग्रहण तथा पदभार सम्हालेका छन् । निवर्तमान अध्यक्ष यादव आचार्यले नवनिर्वाचित अध्यक्ष निर्मल घिमिरेलाई शनिबार पदभार हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

देउसी भैलोबाट उठेको रकम मन्दिर निर्माणमा खर्च गर्ने घोषणा

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP