Trend
शनिबार , भाद्र २७, २०८३

राम प्रसाद चौहान
बर्दिया,पौष ९
ठाकुरबाबा नगरपालिकाले सेवाग्राहीको लागि निःशुल्क अटो सेवा सुचारु गरेको छ । चालु आर्थिक वर्ष ०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत ठाकुरबाबा नगरपालिकाले सोमबार देखि निःशुल्क अटो सेवा सुचारु गरेको हो ।

ठाकुरबाबा नगरपालिकाको कार्यालय भुरिगाउँ बजार देखि करिब १ किलोमिटर पुर्वतिर छ । भुरिगाउँ देखि कार्यालयको छोटो दुरीको लागि अन्य सवारी साधनले नलग्ने र चर्को शुल्क लिदाँ सेवाग्राहीलाई कठिनाई थियो । सेवा लिन जादाँ भुरिगाउँ बजार देखि ठाकुरबाबा नपाको कार्यालयसम्म पैदल हिड्न सेवाग्राही बाध्य थिए । त्यो बाध्यता अब ठाकुरबाबा नगरपालिकाले हटाएको छ ।

नगरपालिकाले निःशुल्क अटो सेवा सुचारु गर्नु नगरबासीको लागि सुखद खबर हो । अटो सेवाले सेवाग्राहीलाई सहजता हुने नगरपालिकाले विश्वास लिएको छ ।
सेवाग्राहीको सहजताको लागि सेतो नंम्बर प्लेटको विद्युतिय अटो सुचारु गरिएको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालले बताए । ‘बिहान साढे ९ बजेदेखि अपरान्ह साढे ४ बजेसम्म अटो सेवा उपलब्ध हुन्छ,’प्रमुख प्रशासकीय अधिकृत ढकालले भने,‘यो अवधिमा कार्यालयमा सेवा लिन आउने र फर्किने सेवाग्राहीले निःशुल्क रुपमा अटो सेवा लिनसक्छन् ।

’ सेवाग्राहीलाई निःशुल्कमा भुरिगाउँ देखि नगरपालिको कार्यालयसम्म ल्याउने र कार्यालयमा सेवा लिईसकेका सेवाग्राहीलाई भुरिगाउँ बजारसम्म पु¥याउने काम सेतो नंम्बर प्लेटको विद्युतिय अटोले गर्ने प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP