Trend
बिहिबार , कार्तिक २८, २०८२

राम प्रसाद चौहान
बर्दिया,पौष ९
ठाकुरबाबा नगरपालिकाले सेवाग्राहीको लागि निःशुल्क अटो सेवा सुचारु गरेको छ । चालु आर्थिक वर्ष ०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत ठाकुरबाबा नगरपालिकाले सोमबार देखि निःशुल्क अटो सेवा सुचारु गरेको हो ।

ठाकुरबाबा नगरपालिकाको कार्यालय भुरिगाउँ बजार देखि करिब १ किलोमिटर पुर्वतिर छ । भुरिगाउँ देखि कार्यालयको छोटो दुरीको लागि अन्य सवारी साधनले नलग्ने र चर्को शुल्क लिदाँ सेवाग्राहीलाई कठिनाई थियो । सेवा लिन जादाँ भुरिगाउँ बजार देखि ठाकुरबाबा नपाको कार्यालयसम्म पैदल हिड्न सेवाग्राही बाध्य थिए । त्यो बाध्यता अब ठाकुरबाबा नगरपालिकाले हटाएको छ ।

नगरपालिकाले निःशुल्क अटो सेवा सुचारु गर्नु नगरबासीको लागि सुखद खबर हो । अटो सेवाले सेवाग्राहीलाई सहजता हुने नगरपालिकाले विश्वास लिएको छ ।
सेवाग्राहीको सहजताको लागि सेतो नंम्बर प्लेटको विद्युतिय अटो सुचारु गरिएको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालले बताए । ‘बिहान साढे ९ बजेदेखि अपरान्ह साढे ४ बजेसम्म अटो सेवा उपलब्ध हुन्छ,’प्रमुख प्रशासकीय अधिकृत ढकालले भने,‘यो अवधिमा कार्यालयमा सेवा लिन आउने र फर्किने सेवाग्राहीले निःशुल्क रुपमा अटो सेवा लिनसक्छन् ।

’ सेवाग्राहीलाई निःशुल्कमा भुरिगाउँ देखि नगरपालिको कार्यालयसम्म ल्याउने र कार्यालयमा सेवा लिईसकेका सेवाग्राहीलाई भुरिगाउँ बजारसम्म पु¥याउने काम सेतो नंम्बर प्लेटको विद्युतिय अटोले गर्ने प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

देउसी भैलोबाट उठेको रकम मन्दिर निर्माणमा खर्च गर्ने घोषणा

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP