Trend
बिहिबार , कार्तिक २१, २०८२

गएराति पौने ९ बजेतिर बलरा नगरपालिका-९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश घिमिरेले जानकारी दिए। छतौनाबाट काठमाडौंआउँदै गरेको बा १ ००६ ख २००४ नम्बरको राजदेवी यातायातको बस अनियन्त्रित भई पल्टिएर तुलाधरलाई थिचेको हो।

बसले थिच्दा गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। चिकित्सकले उनलाई राति १० बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक घिमिरेले बताए।

बसमा सवार यात्रुको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP