Trend
शनिबार , भाद्र २७, २०८३

Atv news
बर्दिया,पौष १८

दोहोरो नागरिकता लिन खोजेको आरोपमा एक महिला पक्राउ परेकी छन् । बढैयाताल गाउँपालिका–८ की रिता थारु बुधबार पक्राउ परेकी हुन् । थारुले झुठो विवरण पेश गरेर दोहोरो नागरिकता लिन खोजेको आरोप छ ।

विस २०७५ सालमा थारुले नागरिकता लिईसकेको रेकर्ड रहेको सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतले बताए । ‘थारुले अर्को नागरिकता लिन झुठो कागजात जुटाएर प्रशासन पुगेकी थिईन्,’सहायक प्रजिअ कठायतले भने,‘तीन चार दिन देखि थारु निरन्तर धाईरहेकी थिईन् ।

’ प्रारम्भिक अनुसन्धानमा दोहोरो नागरिकता लिन खुलेको जनाए । महिलालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको सहायक प्रजिअ कठायतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP