Atv News
बर्दिया,पौष १८

जनमत पार्टीले बर्दियाले ¥याली निकालेर धोती दिवस मनाएको छ । जनमतका नेता तथा कार्यकर्ताले धोती लगाएर बुधबार गुलरियामा ¥याली निकाली धोती दिवस मनाएका हुन् । ¥यालीमा सहभागी अधिकांश कार्यकर्ताले धोती लगाएका थिए ।

¥यालीका सहभागीले ‘धोती हाम्रो सान हो, मधेसको पहिचान हो, धोती भैया भनेर हेप्न पाइँदैन’ लगायतका प्लेकार्ड देखाई नारा लगाएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै हामीले कसैको विरोध नगरेको जनमत पार्टीका जिल्ला अध्यक्ष राजेश कुमार यादवले बताए । ‘हाम्रो देशमा विविध सम्प्रदायको बसोबास छ,’अध्यक्ष यादवले भने,‘तर हामीले कसैको विरोध गरेका छैनौं ।’ पुजा पाठलगायतको कार्यमा सबैले धोती लगाउने चलन छ । तर मधेसीले धोती लगाउँदा धोती भैया भनेर अपहेलित शब्ध प्रयोग गर्ने गरिन्छ । त्यति बेला हामीले समान अधिकार नपाएको महशुस गर्छौ ।

यस्तो विभेद नगर्न धोती दिवस मार्फत आवाज उठाईरहेको अध्यक्ष यादवले धारणा व्यक्त गरे । जनमत पार्टी कार्यालयबाट निकालीएको ¥याली गुलरिया बजार परिक्रमा गरि हुलाक चोकमा कोण सभामा परिणत भएको थियो । ¥यालीमा जनमत पार्टीका केन्द्रिय सदस्य मन्साराम यादव, जिल्ला प्रवक्ता राम दुलारे (विपिन) सोनकारलगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP