Trend
बिहिबार , जेठ २८, २०८३

Atv News
बर्दिया,पौष १८

जनमत पार्टीले बर्दियाले ¥याली निकालेर धोती दिवस मनाएको छ । जनमतका नेता तथा कार्यकर्ताले धोती लगाएर बुधबार गुलरियामा ¥याली निकाली धोती दिवस मनाएका हुन् । ¥यालीमा सहभागी अधिकांश कार्यकर्ताले धोती लगाएका थिए ।

¥यालीका सहभागीले ‘धोती हाम्रो सान हो, मधेसको पहिचान हो, धोती भैया भनेर हेप्न पाइँदैन’ लगायतका प्लेकार्ड देखाई नारा लगाएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै हामीले कसैको विरोध नगरेको जनमत पार्टीका जिल्ला अध्यक्ष राजेश कुमार यादवले बताए । ‘हाम्रो देशमा विविध सम्प्रदायको बसोबास छ,’अध्यक्ष यादवले भने,‘तर हामीले कसैको विरोध गरेका छैनौं ।’ पुजा पाठलगायतको कार्यमा सबैले धोती लगाउने चलन छ । तर मधेसीले धोती लगाउँदा धोती भैया भनेर अपहेलित शब्ध प्रयोग गर्ने गरिन्छ । त्यति बेला हामीले समान अधिकार नपाएको महशुस गर्छौ ।

यस्तो विभेद नगर्न धोती दिवस मार्फत आवाज उठाईरहेको अध्यक्ष यादवले धारणा व्यक्त गरे । जनमत पार्टी कार्यालयबाट निकालीएको ¥याली गुलरिया बजार परिक्रमा गरि हुलाक चोकमा कोण सभामा परिणत भएको थियो । ¥यालीमा जनमत पार्टीका केन्द्रिय सदस्य मन्साराम यादव, जिल्ला प्रवक्ता राम दुलारे (विपिन) सोनकारलगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP