Trend
शनिबार , भाद्र २७, २०८३

Atv News

बर्दिया, पुस १९

बर्दियामा आज शुक्रबार बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । यसले गर्दा बर्दियाको जनजीवन प्रभावित भएको छ ।

बाक्लो हुस्सुका कारण बजार क्षेत्रमा यातायात आवागमनमा केही कठिनाइ भएको छ भने बर्दियाको सदरमुकाम गुलरिया बजार साथै भुरिगाउ बजार, मधुवन बजार, राजापुर, मैनापोखर, बाँसगढी, जयनगर र गेरुवा लगाएतका सबै स्थानमा हुस्सु र सितलहरले जनजीवन प्रभावित भएको छ ।

सडममा अगाडिको दृश्य प्रष्ट नदेखिने भएकाले कतिपय सवारीसाधन बिहान उज्यालो हुँदासमेत लाइट बालेर हिँडिरहेकको देखिएको थियो ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा बर्दिया सँगै लुम्विनी प्रदेश संगै तराई–मधेसका धेरै स्थानमा हुस्सु लागेको छ ।

शनिबार बिहान तराई तथा काठमाडौं उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले सितलहर संगै चिसो बढ्ने क्रम रहेकोले चिसोमा बिना काम बाहिर नजान अनुरोध संगै घर बाहिर जानै परे न्यानो न्यानो कपडा लगाएर मात्र घर बाहिर जान बर्दिया प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP