Trend
शनिबार , भाद्र २७, २०८३

Atv News
बर्दिया,पौष २३

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । राजापुर नगरपालिका–६ का १९ वर्षिय टोपेन्द्र बुढाको मंगलबार दिउँसो मृत्यु भएको हो ।

गुलरियाबाट राजापुरतर्फ जाँदै गरेको भे १३ प ४३०३ नंम्बरको मोटरसाइकल अनियन्त्रित भई मधुवन नगरपालिका–४ हुलाकी सडक गम्मका चोक स्थित दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना घाईते भएका थिए । घाईतेलाई उपचारको लागि प्रहरीले बर्दिया अस्पताल पु¥याईएको थियो ।

उपचारको क्रममा बुढालाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम घर्ति मगरले जानकारी दिए । उनका अनुसार मृतक बुढा मोटरसाइकलको पछाडि सवार थिए ।

मोटरसाइकल चालक बाँके राप्ती सोनारी गाउँपालिका–१ का ३४ वर्षिय छत्र बहादुर बिष्टलाई थप उपचारको लागि बाँके पठाईएको डिएसपी मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP