Trend
शुक्रबार , भाद्र १२, २०८३

बर्दिया माघ महोत्सवमा विशिष्ट अतिथीको रुपमा मा.अब्दुल खान बाँसगढी आउदै थारु कल्याणकारिणी सभा
बाँसगढीको मुख्य आयोजनामा र बाँसगढी नगर कार्यपालिकाको कार्यालयको संरक्षणमा ‘थारु साँस्कृतिक संरक्षण र प्रर्वद्धन: कृषि, पर्यटन, लघु उद्यम विकास र समुन्नतीमा हामी सबैको अभियान” भन्ने मुल नाराका साथ प्रथम थारु कृषि पर्यटन, साँस्कृति मेला तथा बर्दिया माघ महोत्सवमा विशिष्ट अतिथीको रुपमा पूर्वमन्त्री मा.अब्दुल खान बाँसगढी आउदै हुनुहुन्छ।

माघ ७ गतेसम्म सन्चालन हुन गइरहेको थारु कृषि पर्यटन, साँस्कृति मेला तथा थारु समुदायको महान पर्व माघिको शुभकामना आदानप्रदान गरि महोत्सवलाइ भव्य र सभ्य तरिकाले सफल बनाउन माघ ७ गते सम्म हुने माघ महोत्सवमा कृषि सम्बन्धि सामाग्री हरुको प्रदर्शनी लगायत ख्याति प्राप्त राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने प्रवक्ता राज सिंह थारुले बताउनु भएको छ।

मेलाको मुख्य आयोजक थारु कल्याणकारी सभाले गर्न लागेको मेलामा प्राप्त रकम वाट मुख्यतः बाँसगढी नगरपालिकामा करीब ४५ गाउँ थारू समूदायको रहेको बताउँदै समुदायमा रहेको ब्यापक विकृती , बिसंगती लगायत बाल विवाह रोकथाम जस्ता समाजसेवा मा खर्च गरिने उद्देश्य राखेको प्रवक्ता थारुले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम


TOP