Trend
बिहिबार , जेठ २८, २०८३

Atv News
बर्दिया,पौष २८

पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाख्रा चराउन गएको बेला बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–७ कालीगौडीकी ४० वर्षीय पदमकला थापाको आइतबार दिउँसो मृत्यु भएको हो ।

ठाकुरबाबा नगरपालिका–६ स्थित बकुवा सामुदायिक वनमा बाख्रा चराउन गएको बेला उनलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दिउँसो साढे १२ बजे महिलालाई बाघले आक्रमण गरेको थियो ।

स्थानीय र प्रहरीले खोजतलास गर्दा वनमा मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । बाघले महिलाको टाउको र घाटीमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP