Trend
शनिबार , भाद्र २७, २०८३

Atv News
रामप्रसाद चौहान
बर्दिया,माघ ४

छ महिनाको अन्तरालमा सवारी दुर्घटनामा परि २० जनाको ज्यान गएको छ । चालु आर्थिक वर्ष ०८१÷०८२ को साउन देखि पौषसम्म सवारी दुर्घटनामा परि २० जनाको ज्यान गएको हो ।

त्यसैगरि सवारी दुर्घटनामा परि १ सय ८ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी बर्दियाको तथ्यांकले पुष्टि गर्छ ।
साउन देखि पौषसम्म सवारी दुर्घटनामा परि २० जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी हवल्दार कृष्णा डाँगीले बताए ।

‘जसमा १५ पुरुष, ३ महिला, एक बालक र एक बालिका रहेका छन्,’ट्राफिक प्रहरी हवल्दार डाँगीले भने,‘त्यसैगरि ३४ जना शख्त र ७४ जना सामान्य घाईत भएका छन् ।

’ उनका अनुसार छ महिनाको अन्तरालमा ९७ दुर्घटना भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटनामा परि साउनमा २, भदौमा १, असोजमा १, कात्तिकमा ८, मंसिरमा ६ र पौषमा २ जनाको ज्यान गएको रेकर्ड छ । दुर्घटनामा संलग्न अन्य सवारी साधनहरु भन्दा बढी मोटरसाइकल रहेको देखिन्छ । ट्राफिक प्रहरीको तथ्यांक अनुसार छ महिनामा ८१ वटा मोटरसाइकल दुर्घटना भएको पुष्टि हुन्छ ।

यो अवधिमा दुर्घटना न्युनिकरणको लागि ट्राफिक प्रहरीले १ सय ९१ सचेतनामुलक कार्यक्रम संचालन गरेको तथ्यांक छ । त्यसैगरि जिल्ला ट्राफिक प्रहरी कार्यालयले छ महिनामा ३ हजार ५ सय ४८ सवारी साधनलाई कारवाही गरि २८ लाख ६१ हजार ५ सय राजश्व संकलन गरेको तथ्यांक छ ।
पछिल्लो समय दिनहुँ दुर्घटनाका घटना हुन थालेपछि ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको छ ।

ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार मोटरसाइकल बढी दुर्घटना भएको पाइन्छ । सवारी साधन तिव्र गतिमा नचालउन, हेलमेट लगाउन, सवारी चलाउदाँ लापरवाही नगर्न, मापसे र लापसे गरि सवारी साधन नचलाउन ट्राफिक प्रहरीले आग्रहसमेत गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP