
काठमाडौं, कीर्तिपुर नगरपालिका-१० टियु गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम सहित तार्केश्वर नगरपालिका-३ जितपुर घर भएका ४२ वर्षीय सोभित थापालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले कीर्तिपुरबाट तार्केश्वर जितपुरतर्फ जाँदै गरेको बा.प्र ०२-०२२ प ०७५० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ललितपुर, महालक्ष्मी नगरपालिका-४ ईमाडोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्राम सहित काठमाडौं बुढानिलकण्ठ बस्ने इलाम घर भएका २१ वर्षीय साहिल कट्टेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले बा.५७ प ५४६३ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-५ मेडिकल कलेज नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय ओकेन्द्र चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-१ भजनी रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय मिलिग्राम सहित सोही नगरपालिका-१ जनकपुर बस्ने ३० वर्षीय महेश चन्दलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-४ शिवपुरीधामबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ बस्ने ३८ वर्षीय भरत चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शिवपुरीधामबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-६ चम्मन चौराहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय १० मिलिग्राम सहित सोही ठाउँस्थित रोल्पाली सुकुटी सेन्टर होटल संचालन गर्दै आएकी दार्चुला महाकाली नगरपालिका-४ घर भएकी ४२ वर्षीया शान्ती ऐरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-७ कालोपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ५० मिलिग्राम र गाँजा १ ग्राम ३ सय २० मिलिग्राम सहित कैलाली गोदावरी नगरपालिका-८ स्याउले बस्ने २५ वर्षीय अम्मर नेपालीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१५ सुवेदी टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार २ सय ३० ट्याब्लेट र स्पास्पेन ३ हजार २ सय ३० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१४ बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार बेलुकी प्रहरीले प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।(स्रोतनेपालप्रहरी)