Trend
बिहिबार , जेठ २८, २०८३

बर्दिया/घरेलु हिंसाको सिकारमा दलित महिला एकदमै प्रभावित भएको दलित महिला संघकी अध्यक्ष हिमा सुनारले बताएकी छन् । संघद्वारा मंगलबार आयोजित संचार माध्यममा दलित महिलाको पहुँच अभिबृद्धिका लागि संचारकर्मीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सुनारले यस्तो बताएकी हुन् ।

तथ्यांकको अनुसार नेपालको हिंसाको अवस्थामा ८२ प्रतिशत दलित महिलाहरु घरेलु हिंसा प्रभावित देखिएको अध्यक्ष सुनारले जनाईन् । ‘बर्दिया जिल्लामा हिंसामा परेका महिलाहरुलाई कसरी बाहिर निकाल्न सकिन्छ भनेर अध्ययन गरिरहेका छौं,’अध्यक्ष सुनारले भनिन्,‘ आर्थिक सशक्तिकरण मुख्य कुरा रहेको अध्ययनले देखाएको छ ।’

सोही आधारमा विगत केही वर्ष देखि महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन दलित महिला संघले काम गरिरहेका छ । महिलाहरुलाई बिउ पुँजी दिएर घुम्ती कोषमा अनुदान रकम दिएर आय आर्जनतिर उन्मुख गराईरहेको सुनाईन् ।

‘जसकारण महिलाहरु व्यवसाय गरिरहेका छन्,’अध्यक्ष सुनारले भनिन्,‘ यसले गर्दा महिलाहरुलाई घरेलु हिंसाबाट माथि ल्याउन सकिन्छ ।’ त्यसैगरि दलित महिला संघले जिल्लामा नीतिगत तहमा बहस गरिरहेको छ । दलित सशक्तीकरण विधेयक ल्याउन स्थानीय पालिकासंग आग्रह गरिरहेको सुनाईन् ।

मधुवन नगरपालिकाले दलित सशक्तकरण विधेयक पास गरिसकेको छ । त्यसैगरि बढैयातालले पनि पास गर्ने चरणमा छ भने बाँसगढी र गुलरियाले विधेयकको ड्राफ्ट तयार गरिसकेको छ । दलित महिलाहरुको स्तर उन्नतिमा स्थानीय सरकार संवेदनशील भईदियो भने आम समुदाय माथि उठ्न सक्छ र दलित समुदायले काँचुली फेर्न पाउँछ । समग्र समाजमा सम्मानित जिवन यापन गराउने दलित महिला संघको मुख्य उदेश्य रहेको छ । यस कार्यमा सघाँउन सबैलाई अध्यक्ष सुनारले आग्रहसमेत गरिन् ।

जातिय विभेद, मानव अधिकार उल्लंघनलगायतका हिंसा पिडितको पक्षमा जिल्लाका संचारकर्मीले समाचारमार्फत वकालत गर्दै आईरहेको नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरेले बताए । ‘संचारकर्मीले आफ्नो प्रवाह नगरि हकहित संरक्षणको लागि निरन्तर कलम चलाएको अवस्था छ,’अध्यक्ष घिमिरेले भने,‘संचारकर्मीको योगदानलाई संघसंस्थाले बुझ्नुपर्छ ।’ हामी संचारकर्मीले सबै किसिमका समाचार लेख्नुपर्ने हुनाले नभ्याएको हुन सक्छ । कुनै किसिमका हिंसाका घटना भएमा जानकारी गराउन मिल्ने घटना बारे संचारकर्मीलाई जानकारी गराउन अध्यक्ष घिमिरेले धारणासमेत राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP