Trend
शनिबार , जेठ २३, २०८३

 ए.टिभी न्युज

नेपाल  माघ ११

  माइती नेपालद्वारा बिहीबार आयोजित मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रममा सन् २०२४ मा जोखिम पुर्ण यात्रामा रहेका ३ सय ३५ महिला तथा बालबालिकालाई सिमानाकाबाट उद्दार गरि आवधिक गृहमा प्रवेश गराई आवश्यक परामर्श दिएको तथ्य सार्वजनिक गरिएको हो ।

नेपालबाट शंकास्पद रुपमा भारततर्फ गईरहेको अवस्थामा ३ सय ३५ महिला तथा बालबालिकालाई उद्दार गरि आवधिक गृहमा प्रवेश गराई आवश्यक परामर्श प्रदान गरिएको माइती नेपाल बर्दियाकी प्रमुख गायत्री रिमालले बताईन् । ‘जसमा जिल्लाका २ सय २६ जना रहेका छन् भने बाँकी अन्य जिल्लाका छन्,’प्रमुख रिमालले भनिन्,‘ १८ वर्षमुनिका २ सय ३७ किशोरी र १८ वर्षमाथिका ९८ महिला छन् ।’ मानव बेचबिखन र सुरक्षित बसाई सराई बारे जानकारी गराई ३ सय ९० जनालाई पारिवारिक पुर्नमिलन गराईएको प्रमुख रिमालले तथ्यांक सार्वजनिक गरिन् । श्रम र यौन शोषणमा परेका ३ जनालाई उद्दार गरिएको छ ।

नाकाबाट परामर्श गरि ७७ जना महिला तथा बालबालिकालाई घरमा फिर्ता गरिएको माइती नेपालको रेकर्डले पुष्टि गर्छ । महिला बालबालिका हराएको ६७ वटा निवेदन परेको थियो जसमा खोजतलास गरि १७ जनालाई परिवारको जिम्मा लगाएको प्रमुख रिमालले सुनाईन् । माइती नेपालमा घरेलु हिंसा सम्बन्धि ३९ घटना आएको जसमा ३७ वटा समाधान गरिएको जनाईन् । प्रहरीमा बेचबिखनका ४ वटा घटना दर्ता भएको थियो । पिडितलाई आवश्यक सहयोग र परामर्श माइती नेपालले गरेको प्रमुखले दाबी गरिन् ।

त्यसैगरि जबरजस्ती करणी मुद्दा दर्ता भएका ५३ जना पिडितलाई आवश्यक सहयोग र परामर्श गरिएको सुनाईन् । उनका अनुसार एक वर्षको अवधिमा १८ हजार ५ सय ७५ जनालाई मानव बेचबिखन तथा ओसारपसार र सुरक्षित बसाई सराई बारे सचेत गरिएको छ । ५ सय ८ किशोर र किशोरीलाई मानव बेचबिखन तथा ओसार पसार विरुद्ध परामर्श गरिएको तथ्यांक छ ।

मानव बेचबिखन तथा ओसार पसारको विरुद्धमा माइती नेपालले जिल्लामा प्रभावकारी काम गरिरहेको नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मले घिमिरेले बताए । ‘माइती नेपालको पहलमा कतियौ महिला तथा बालबालिकाहरुको उद्दार भएको छ,’अध्यक्ष घिमिरेले भने,‘यस कार्यमा संचारकर्मी तथा पत्रकार महासंघको साथ सहयोग रहनेछ ।’

माइती नेपाल बर्दियाको आयोजना तथा नेपाल पत्रकार महासंघ बर्दियाको समन्वयमा बिहीबार अन्तरक्रिय कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP