Trend
बिहिबार , माघ २, २०८२

ए.टिभी न्युज नेपाल संवाददाता

 

बर्दिया माघ १३/ थारु भाषा, साहित्य कला संस्कृतिको बेजोड प्रस्तुतिका साथ थारु साँस्कृतिक, कृषि पर्यटन तथा बढैयाताल महोत्सव यहि माघ १५ गतेदेखि २५ गते सम्मा बढैयातालमा शुरु हुँदै छ।

‘कृषि, उद्योग, व्यापार र पर्यटनको समृद्धि–सभ्यता पहिचानसहितको संस्कार र संस्कृति’ भन्ने मूल नाराका साथ महोत्सव सुरु हुने भएको समितिका संयाेजक शंकर प्रसाद थारुले जानकारी गराउनु भयो।

उनका अनुसार महोत्सवमा थारू खानपिन, परिकार, प्रदर्शनी एवं, थारू सीप हस्तकला, प्रदर्शनीलगायत रहने छन् ।

माघेसङ्क्रान्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी थारू संस्कृतिको संरक्षण, सम्वर्द्धन साथै प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको बताए। “महोत्सवमा ४० वटा औद्योगिक, १० वटा खान पिनको होटेल स्ट्ल छन्”, उनले भने, “स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुतिलाई विशेष प्राथमिकता दिएका छौँ ।”

महोत्सवमा थारू सांस्कृतिक झाँकी र्‍याली प्रदर्शन, सांस्कृतिक प्रस्तुति,  खानपिन प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला प्रदर्शनलगायत रहेका छन् । साथै कृषि, उद्योग, व्यापार, पर्यटन उनले थारू सङ्ग्रहालयमा थारू संस्कार तथा संस्कृति झल्किने सामग्रीहरू राखिएका उल्लेख गरे ।

थारू जातिको सभ्यता, संस्कार, संस्कृति आदिको अध्ययन गर्ने केन्द्र बनाउने उद्देश्य राखेका छौँ । उद्देश्य पूरा गर्न हामीलाई स्थानीय र प्रदेश सरकारको साथ सहयोग आवश्यक छ ।”

महोत्सवको व्यवस्थापनका लागि करिब रु १० लाख खर्च आयोजकको अनुमान छ । साथै दैनिक पाँच हजारले मेला अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष चौधरीले बताए। महोत्सवमा शारीरिक रूपमा अशक्त, जेष्ठ नागरिक लाई प्रवेश निःशुल्क रहेको छ।थारू जातिको संस्कार, संस्कृति, सभ्यता चिनाउनुका साथै भावी पिँढीका लागि पुरातात्यिक सम्पदा पहिचान गराउने उद्देश्यले स्थापित थारू सङ्ग्रहालयले महोत्सवबाट आम्दानी भएको रकमलाई थारू सांस्कृतिक सङ्ग्रहालयको भवन निर्माणसहित आवश्यक सामग्रीको खरिद गर्ने योजना बनाएको जानकारी गराउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी

संरक्षक बनेर वडा अध्यक्षले गरे असहाय बालिकाको नागरिकता सुनिश्चित


TOP