Trend
शनिबार , भाद्र २७, २०८३

 

ए.टिभी न्युज नेपाल‍

बर्दिया माघ १८
बर्दियामा २०हजार ६ सय २१जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि .भि .खोप लागाईने भएको छ

नेपाल सरकारले यहि माघ २२ गते देखि नेपाल अधिराज्य भरि अभियान स्वरुप सुरु गर्न लागेको बर्ष १० देखि १४ बर्ष सम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियान– २०८१ बर्दियामा २०हजार ६सय२१ जना किशोरीहरुले एच.पि.भ .खोप लगाउने भएका छन् ।

जनस्वास्थ्य कार्यालय बर्दियाका खोप निरिक्षक बसन्ती मल्लले जिल्लाभर ३ सय ६ वटा खोप केन्द्रबाट र २ सय ७ विद्यालयमा गरी २० हजार ६ सय २१ किशोरीहरुले खोप लगाउने जानकारी दिए। उनले विद्यालयमा १९ हजार ४ सय ९० र समुदायमा १ हजार १ सय ३१ जना लाई खोप लगाइने बताइन् ।


बर्दिया भित्र रहेका सामुदायिक,निजी लगायतका सम्पुर्ण विद्यालयहरुमा अध्ययनरत कक्षा ६ देखी १० कक्षा सम्मका र विद्यालय बाहिर रहेका बर्ष १० देखि १४ बर्ष सम्मका किशोरीहरुलाई यहि माघ २२ गतेबाट पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भि.खोप लगाईने स्वास्थ्य शाखा प्रमुख सुनिता पौडेलले कार्यक्रममा जानकारी गराउनु भएको छ।
सरकारले प्रदान गर्ने एच.पि .भि .खोपको मुल्य करिव दस हजार रुपैया बरावरको रहेको समेत जानकारी गराइएको थियो


(एचपिभी) खोप अभियान माघ २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रममा वर्दियाका ८ वटै पालिकाकामा खोप लगाउने स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

नेपालमा हरेक बर्ष २ हजार १ सय ६९ जना महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट संक्रमीत हुने र हरेक बर्ष १ हजार ३ सय १३ जना महिलाहरु यो रोगको कारणले मृत्यु हुने गरेको तथ्याङक प्रस्तुगर्दै स्वास्थ्य प्रमुख पौडेलले जिल्लाका सबै नगरवासीहरु समक्ष किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियान– २०८१ का वारेमा जानकारी गराउका लागि पत्रकारहरु र जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP