Trend
बिहिबार , अषोज २२, २०८३

Atv News Nepal
बर्दिया,माघ २०

लागु औषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भारतीय सिमावर्ती बजारबाट नेपालतर्फ आउँदै गरेका तीन जनालाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको हो ।

बढैयाताल गाउँपालिका–७ कर्णालीपुर स्थितबाट बाँके कोहलपुर नगरपालिका–१५ का ४० वर्षिय कालीराम थारु र २९ वर्षिय प्रकाश थारुलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो । दुवै जना भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आइरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवै जनाको साथबाट १ ग्राम ७ सय ३० मिलीग्राम लागु औषध ब्राउन सुगर फेला परेको छ । त्यसैगरि गुलरिया नगरपालिका–११ गणेशपुर स्थितबाट बढैयाताल गाउँपालिका–९ का २१ वर्षिय विशाल परियारलाई लागु औषधसहित बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भारतीय लौकाही बजारबाट शंकास्पद रुपमा आईरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा लागु औषध निट्राजिपम नामक २ पत्ता १६ ट्याबलेट फेला परेको प्रहरीले जनाएको छ । तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

१

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

२

सुन्नी जामा मस्जिद र छोटी मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

३

प्रहरीको सक्रियता बढे संगै धमाधम समातिदै लागु औषध कारोवारी ।

४

जंगली हात्तीबाट बस्ती सुरक्षीत गर्दै, उज्यालो नेपाल

५

अपाङ्गता भएका ब्यक्तिहरुको लागी २१ दिने निःशुल्क सिप मुलक तालिम संचालन

६


TOP