Trend
बिहिबार , जेठ २८, २०८३

Atv News Nepal
बर्दिया,माघ २०

लागु औषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भारतीय सिमावर्ती बजारबाट नेपालतर्फ आउँदै गरेका तीन जनालाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको हो ।

बढैयाताल गाउँपालिका–७ कर्णालीपुर स्थितबाट बाँके कोहलपुर नगरपालिका–१५ का ४० वर्षिय कालीराम थारु र २९ वर्षिय प्रकाश थारुलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो । दुवै जना भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आइरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवै जनाको साथबाट १ ग्राम ७ सय ३० मिलीग्राम लागु औषध ब्राउन सुगर फेला परेको छ । त्यसैगरि गुलरिया नगरपालिका–११ गणेशपुर स्थितबाट बढैयाताल गाउँपालिका–९ का २१ वर्षिय विशाल परियारलाई लागु औषधसहित बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भारतीय लौकाही बजारबाट शंकास्पद रुपमा आईरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा लागु औषध निट्राजिपम नामक २ पत्ता १६ ट्याबलेट फेला परेको प्रहरीले जनाएको छ । तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP