
बर्दिया, माघ २४ न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा बर्दिया अस्पताल उत्कृष्ट भएको देखिन्छ । विगत तीन वर्षको मुल्यांकनमा अस्पतालको क्रमशःअंक बढेको देखिन्छ । न्युनतम सेवा मापदण्डमा बर्दिया अस्पतालले यस वर्ष ९७ प्रतिशत अंक प्राप्त गरेको छ ।
उनका अनुसार लुम्बिनी प्रदेश अन्तर्गत सेकेन्डरी ए लेभलका १३ वटा अस्पताल मध्ये अहिलेसम्म मुल्यांकन गरिएका ९ अस्पतालमा बर्दिया अस्पताल पहिलो रहेको छ । अझै ४ वटा अस्पतालको न्युनतम सेवा मापदण्ड अनुगमन मुल्यांकन गर्न बाँकी रहेको श्रेष्ठले जनाईन् । अस्पतालको प्रशासन, व्यवस्थापन, बजेट खर्चको अवस्था, विशेषज्ञ सेवा, निःशुल्क उपचार सेवा, फोहर मैला व्यवस्थापन लगायतलाई आधार मानेर न्युनतम सेवा मापदण्डको मूल्यांकन गरिएको जनाईएको छ
गत वर्ष नेपाल भरिका सेकेन्डरी ए लेभलका अस्पतालहरुमा न्युनतम सेवा मापदण्डको समिक्षामा बर्दिया अस्पतालले ९६ प्रतिशत अंक प्राप्त गरी लुम्बिनी प्रदेशमा पहिलो र नेपालमा दोस्रो भएको थियो । त्यसैगरि २०७९ मा ९५ प्रतिशत अंक प्राप्त गरि न्युनतम सेवा मापदण्डमा बर्दिया अस्पताल लुम्बिनी प्रदेशमा पहिलो भएको थियो ।
न्युनतम सेवा मापदण्ड समिक्षा कार्यक्रममा अस्पतालको अवस्थाको बारे बर्दिया अस्पतालका वरिष्ठ मेसु डा.सुभाष पाण्डेयले जानकारी गराएका थिए ।
अस्पतालको टिमलाई धन्यवाद दिदँै आगामी दिनमा गुणस्तरीय सेवा प्रर्वाह गर्न लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोद नारायण चौधरीले बताए ।
अस्पताल र यहाँका जनताको आवश्यकता के हो, त्यो पाटोबाट पनि हेर्नुपर्ने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् । ‘हामीले भएको सेवाबाट ९७ प्रतिशत अंक ल्यायो,’प्रजिअ शर्माले भनिन्,‘९७ प्रतिशत जनता नै सन्तुष्ट छन त, सबैले सेवा पाएका छन्, पहुँच छ कि छैन ।’
अस्पतालबाट कस्ता किसिमका सेवा दिन सकेका छौं, कस्ता सेवाको लागि अन्य ठाउँमा रिफर गर्न बाध्य रहेका छौं । यस अस्पतालमा अझै बढी सेवा र विज्ञता बढाएर यहाँका जनताहरु रिफर नभईकन बर्दिया अस्पतालबाट सेवा पाउने गरि व्यवस्था मिलाउन प्रजिअ शर्माले स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसंग आग्रहसमेत गरिन् ।
अस्पतालमा देखिएका कमिकमजोरीलाई सुधार गर्दै आगामी दिनमा प्रभावकारी सेवा दिन जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्टले समिक्षा कार्यक्रममा भनाई राखेका थिए ।