Trend
आइतबार , भाद्र २८, २०८३

काठमाडौं । काठमाडौंको टोखामा साढे १० रोपनी सार्वजनिक जग्गा अधिग्रहण गरी निर्माण गरिएका संरचना हटाइएको छ । टोखा नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण गर्ने नीति लिएअनुसार टोखा नगरपालिका–५ वडा कार्यालय नजिक वसुन्धरामा निर्माण गरिएको अवैध संरचनामा डोजर लगाएको हो ।

टोखाले सार्वजनिक जग्गामा निर्माण गरिएका घर टहरा हटाउन माघ २४ गतेसम्म समय दिए पनि उक्त समयमा निर्माण गरिएका संरचना नहटाएपछि आज बिहानै डोजर लगाएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने नीति लिएअनुसार अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाइएको जानकारी दिए । संरचना हटाएर खाली गरिएको जग्गामा चारैतिर तारबार लगाउने प्रमुख प्रशासकीय अधिकृत बिसीले बताए ।

टोखाले यसअघि विष्णुमती नदीको आसपासमा खोला मिचेर निर्माण गरिएका संरचना हटाएर विष्णुमती ‘कोरिडोर’ निर्माणको कामलाई अगाडि बढाइसकेको छ । नगरपालिकाले नयाँ बसपार्क क्षेत्रको विष्णुमती खोला वरपर सार्वजनिक स्थानमा राखिएका व्यापारीका टहराहरू पनि हटाई सार्वजनिक जग्गाको संरक्षण कार्य सुरु गरेको छ ।साभारलोखपथ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP