Trend
बिहिबार , कार्तिक २१, २०८२

२६ माघ, धनगढी । कैलालीमा अवैध काठसहित तीन जना पक्राउ परेका छन् ।

गौरीगंगा नगरपालिका-७ मटकौनाबाट ५७.०८ क्युफिट बराबरको चार गोलिया सालको काठसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मटकौनाका ५७ वर्षीय दिनेश चौधरी, ४१ वर्षीय निर्मल डगौरा थारु र ५४ वर्षीय सिताराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले बताए ।

उनीहरुले गौरीगंगा साझेदारी वनबाट अवैध रुपमा काठ ल्याएर दिनेश चौधरीको घरमा लुकाएको अवस्थामा बरामद गरिएको डीएसपी बोहराले बताए । पक्राउ परेका तीनै जनालाई सव डिभिजन वन कार्यालय मसुरियामा बुझाइएको प्रहरीले जनाएको छ ।सभारअन्लाईनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP