Trend
आइतबार , भाद्र २८, २०८३

२६, माघ, काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका– १० पानीधारास्थित पृथ्वीराजमार्गमा गाडी दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।

नारायणघाटबाट काठमाडौं आउँदै गरेको बा. २ख ७६३६ नम्बरको गाडी अनियन्त्रित भएर दुर्घटना भएको हो । गाडीमा १४ यात्रु रहेकोमा पाँचजना भइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिए ।

चितवन भरतपुर महानगरपालिका– ९ का ४३ वर्षीय प्रकाश अधिकारी, सोही ठाउँका ५० वर्षीय मनबहादुर पुन, भरतपुर महानगरपालिका– ८ बस्ने २५ वर्षीया स्वस्तिका पौडेल, सोही ठाउँ बस्ने २३ वर्षीया अञ्जली रिमाल र भरतपुर महानगरपालिका– ५ बस्ने ५० वर्षीय सुदर्शन थापा छन् । अधिकारी, पुन, पौडेल र रिमालको प्रशान्त फार्मेसी चौकीटारमा तथा थापाको बिहानी फार्मेसी मझिमटारमा उपचार भइरहेको डिएसपी हमालले जानकारी दिए ।

डिएसपी हमालका अनुसार दुर्घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा राखेर अनुसन्धानअघि बढाएको छ । दुर्घटनालगत्तै प्रहरी चौकी जोगिमाराबाट प्रहरी सहायक निरीक्षक रामशरण बस्नेतले नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।साभारअन्लाईनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP