Trend
आइतबार , भाद्र २८, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जाल विधेयक ल्याएर सरकारले जनताको ओठमा ताल्चा झुण्ड्याउन खोजेको बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कविता सुनाउँदै जनताको ओठमा ताल्चा झुण्ड्याउन खोजेको बताएका हुन्।

‘उता नागरिकहरू कृष्ण सेन इच्छुकको कविता गुनगुनाइरहेका छन्: हाम्रा विचारहरूमा प्रतिबन्ध लगाउँदै, हाम्रो ओठमा ताल्चा झुन्ड्याउँदै…,’ उनले अगाडि भने,‘तिमी भन्छौ — गाउन त गाऊ, तर यो गीत नगाऊ…। हामी भने त्यही गीत गाइरहन्छौं।’

उनले सामाजिक सञ्जालसम्बन्धी विधेयक कार्यान्वयनमा आएपछि कसुरदारलाई राख्न जेल पुग्ने/नपुग्नेबारे पनि सोधेका छन्।

‘के हामीसँग यति धेरै जेल छन्, जहाँ सामाजिक सञ्जाल नियन्त्रण विधेयक पछिका कसुरदारहरू राख्न सकियोस्?,’ उनले प्रश्न गरे, ‘सरकार खुद्रे कुरामा लाखौं, करोडौं जरिवानाको मेन्यू ल्याउँदैछ। नागरिकलाई ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भन्दै धम्क्याइरहेको छ।’ साभारसेतोपाटि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP